२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेलाई कमजोर बनाउन र सिध्याउन अनेक षडयन्त्र भइरहेको ईश्वर पोखरेलको दाबी 

अ+ अ-

काठमाडौँ। नेकपा एमालेका पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीलाई कमजोर बनाउँदै अस्तित्वहीन बनाउने लक्ष्यका साथ विभिन्न प्रकारका योजनाबद्ध गतिविधि र षड्यन्त्र भइरहेको दाबी गरेका छन्। यस्ता प्रयासहरू बाह्य रूपमा देखिए पनि त्यसको प्रभाव न्यूनीकरण गर्न पार्टीभित्रै संगठनात्मक रूपमा थप सुदृढ हुनुपर्ने आवश्यकता रहेको उनले बताए।

बुधबार काठमाडौँ उपत्यकाका सूर्य चिन्हबाट उम्मेदवारी दिएका उम्मेदवारहरूसँगको संवाद कार्यक्रममा बोल्दै पोखरेलले एमालेलाई लक्षित गरी भइरहेका गतिविधिलाई सामान्य राजनीतिक आलोचनाको रूपमा मात्र लिन नहुने बताए। उनले पार्टीविरुद्ध भइरहेका प्रयास दीर्घकालीन रणनीतिअन्तर्गत अघि बढाइएको संकेत गरेका छन्।

उनका अनुसार यस्ता गतिविधिले पार्टीलाई कमजोर पार्ने उद्देश्य राखे पनि आन्तरिक एकता, वैचारिक स्पष्टता र संगठनात्मक मजबुती कायम राख्न सके बाह्य षड्यन्त्रले असर पार्न नसक्ने बताए। पोखरेलले एमालेभित्र आन्तरिक रूपमा थप अनुशासित र संगठित बन्नु नै यस्ता चुनौतीको दीर्घकालीन समाधान हुने धारणा व्यक्त गरेका छन्।

जेन जेड आन्दोलनका सन्दर्भमा उनले आन्दोलनले उठाएका मूल मुद्दासँग पार्टीको विमति नरहेको स्पष्ट पार्दै आन्दोलनको आवरणमा भएका केही गतिविधिप्रति भने आपत्ति रहेको बताए। आन्दोलन आफैंभित्रबाटै ‘हाइज्याक’ भएको स्वीकारोक्ति आएको उल्लेख गर्दै त्यसलाई एकोहोरो रूपमा बुझ्न नहुने उनको भनाइ थियो।