२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्धशैन्य संरचना वाईसीएललाई नेकपाले बनायो सक्रिय 

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो अर्धशैन्य संरचना योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपाललाई सक्रिय बनाएको छ। 

आइतबार भर्चुअल बैठक गरेर वाईसीएलको केन्द्रीय समिति बैठकले सक्रिय बनाउने निर्णय गरेको हो। चुनावअघि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा मतदाता तथा उम्मेदवारको सुरक्षा गर्न स्पेशल टास्क फोर्स (एसटीएफ) क्याम्पिङ गरेर राखिने वाईसीएलका अध्यक्ष पुष्प ‌ओलीले बताए। 

यससँगै अन्तरपार्टी युवा, विद्यार्थी र जेन जेडको संयोजन गरेर संयन्त्र निर्माण गर्ने निर्णय भएको छ। सबै प्रदेशमा एकतामा आएका युवा संगठनका नेता सम्मिलित कमान्ड सेन्टर निर्माण गर्ने पनि निर्णय भएको अध्यक्ष ‌ओलीले जानकारी दिए।

उनका अनुसार, ‘एक बुथ, सय युथ’ नारा दिएर सबै बुथमा खटाइने भएको छ। त्यस्तै, सामाजिक सञ्जालको अधिकतम प्रयोग गर्ने, मतदान क्षेत्रका युवालाई सम्बन्धित क्षेत्रमा नै खटाउने वाईसीएलले तयारी गरेको छ। 

वाईसीएलको केन्द्रीय समिति बैठकलाई नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र फ्याक्सन इन्चार्ज दीपशिाखले सम्बोधन गरेका थिए। उनीहरूले चुनावलाई सफल बनाउनका लागि विशेष भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्।