२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वडातह केन्द्रित समन्वयमार्फत निष्पक्ष निर्वाचन सुनिश्चित गर्ने गृहको पहल, नीतिगत खाका सार्वजनिक

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले निर्वाचन प्रक्रियालाई व्यवस्थित, स्वतन्त्र र भयमुक्त बनाउन वडातहसम्म समन्वय र सहकार्य विस्तार गर्ने नीतिगत खाका सार्वजनिक गरेको छ।

मन्त्रालयले ‘सुव्यवस्थित निर्वाचन व्यवस्थापनका लागि वडा तहसम्म समन्वय र सहकार्य अभिवृद्धि गर्ने सम्बन्धी अवधारणा, २०८२’ लागू गर्ने निर्णयसहित आवश्यक निर्देशन जिल्ला प्रशासन कार्यालयहरूलाई पठाइसकेको जनाएको छ। यस अवधारणामार्फत निर्वाचनका सम्पूर्ण चरणमा राजनीतिक दल, नागरिक समाज, सञ्चार क्षेत्र, निजी क्षेत्र तथा प्रबुद्ध वर्गको सक्रिय सहभागिता सुनिश्चित गर्ने लक्ष्य लिइएको छ।

गृह मन्त्रालयका अनुसार वडातहमा क्रियाशील राजनीतिक प्रतिनिधि, पदाधिकारी तथा समाजका जानकार व्यक्तिलाई निर्वाचन व्यवस्थापनका कार्यमा समेट्दा प्रक्रियाप्रति अपनत्व बढ्ने र निष्पक्षता सुदृढ हुने अपेक्षा गरिएको छ। सोही उद्देश्यका साथ अवधारणा कार्यान्वयनमा ल्याइएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।

अवधारणा प्रभावकारी रूपमा लागू गर्न प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका सबै पदाधिकारीलाई समन्वय, निगरानी र कार्यान्वयनको जिम्मेवारी तोकिएको मन्त्रालयले स्पष्ट पारेको छ।