२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीसहितको सार्वजनिक बहसमा सहभागी हुन बालेनले जनाए असहमति

अ+ अ-

काठमाडौँ । निर्वाचनको सरगर्मी बढ्दै जाँदा प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच सार्वजनिक बहसको विषयले राजनीतिक बहसलाई थप चर्काएको छ। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने र देश जलाउने शक्तिबीचको प्रतिस्पर्धाका रूपमा निर्वाचनलाई व्याख्या गर्दै सार्वजनिक बहसका लागि आफू तयार रहेको घोषणा गरेपछि त्यसमा प्रतिक्रिया आउन थालेको छ।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत सार्वजनिक बौद्धिक वृत्तबाट पारदर्शी बहसको माग उठिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएका सबै दल र नेताहरू एउटै मञ्चमा उभिएर एजेन्डा, विगतको काम र भविष्यको कार्ययोजनामाथि आमने–सामने बहस गर्न तयार रहेको बताएका थिए। सामाजिक सञ्जालमा ‘फ्रेमिङ’ गरिएका प्रचार सामग्रीमार्फत वास्तविकता लुकाउने प्रवृत्ति देखिएकाले यस्तो बहस आवश्यक भएको उनको भनाइ थियो।

ओलीको उक्त अभिव्यक्तिपछि काठमाडौँ महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले भने सार्वजनिक बहसमा सहभागी नहुने स्पष्ट प्रतिक्रिया दिएका छन्। ओलीको स्टाटसमा टिप्पणी गर्दै बालेनले ओलीसँग एउटै मञ्चमा उभिन अस्वीकार गरेका हुन्।

बालेनले आफ्नो टिप्पणीमा विगतका घटनाको सन्दर्भ उठाउँदै ती घटनासँग जोडिएका व्यक्ति तथा मतियारसँग एउटै मञ्चमा उभिनु आफू त्यसमा संलग्न भएको अर्थ लाग्ने दाबी गरेका छन्। उनले यस्ता व्यक्तिसँग सार्वजनिक बहस गर्न नसकिने स्पष्ट पार्दै ओलीको प्रस्तावप्रति असहमति जनाएका छन्।

ओलीको बहस प्रस्ताव र त्यसमा बालेनको कडा प्रतिक्रिया आएपछि सार्वजनिक बहसको सम्भावना र राजनीतिक संवादको स्वरूपबारे सामाजिक सञ्जाल तथा राजनीतिक वृत्तमा थप बहस सुरु भएको छ।

यस्थो थियो ओलीको स्टाटस:

ओलीको स्टाटसमा बालेको रिप्लाई: