२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शाखा अधिकृतको नक्कली परिचयपत्र प्रयोग गरी तथ्यांक लिन खोज्ने व्यक्ति नियन्त्रणमा

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयको शाखा अधिकृत भएको नक्कली कर्मचारी परिचयपत्र प्रयोग गरी अन्य व्यक्तिको व्यक्तिगत विवरण लिन खोज्ने एक व्यक्तिलाई अध्यागमन विभागले नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर, भद्रकालीमा बुझाएको छ।

अध्यागमन विभागका अनुसार पक्राउ पर्ने व्यक्ति तनहुँका कृष जिसी हुन्। उनले आफू गृह मन्त्रालयको शाखा अधिकृत भएको भन्दै नक्कली कर्मचारी परिचयपत्र देखाउँदै सरकारी निकायमा पहुँच खोज्ने प्रयास गरेका थिए। शुक्रबारसमेत उनी निजामती पोशाकमै अध्यागमन विभाग पुगेका थिए। परिचय दिने क्रममा जिसीले आफू ‘ब्याच ३७’ का शाखा अधिकृत भएको र विगत चार महिनादेखि गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखामा कार्यरत रहेको दाबी गरेका थिए।

विभागका अनुसार जिसीले विगत सात महिनादेखि गृह मन्त्रालयको अधिकृतको नक्कली परिचयपत्र प्रयोग गर्दै काठमाडौँको एक प्रतिष्ठित होटेलसँग सम्पर्क बढाएको खुलेको छ। सो होटलमा एक महिलाले व्यवसायीलाई ठगी गरी फरार भएपछि होटेलका बाउन्सरहरूले ती महिलाबाट रकम असुली गरिदिन सहयोग माग्दै जिसीसँग सम्पर्क गरेका थिए।

उक्त अनुरोधपछि जिसी होटेलका बाउन्सरसहित अध्यागमन विभाग पुगेका थिए। उनले ठगीमा संलग्न भनिएकी महिलाको वैदेशिक यात्रा रोक्का गरिदिने तथा अध्यागमनको कालोसूचीमा राखिदिने प्रलोभन देखाउँदै विभागसँग राहदानी र नागरिकताको प्रतिलिपि माग गरेका थिए। साथै ती महिलालाई कालोसूचीमा राखिदिन समेत अनुरोध गरेका थिए।

अध्यागमन विभागको इन्टेलिजेन्स तथा प्रशासन शाखाले प्रारम्भिक जाँचका क्रममा जिसीले प्रयोग गरेको कर्मचारी संकेत नम्बर अस्वाभाविक देखिएपछि थप अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा यसअघि पनि उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको शाखा अधिकृतको नक्कली परिचयपत्र लिएको तथ्य खुलेको विभागले जनाएको छ।

घटनासम्बन्धी थप अनुसन्धानका लागि जिसीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर, भद्रकालीमा बुझाइएको छ। उनीसँग आएका होटेलका बाउन्सरलाई भने सामान्य सोधपुछपछि छाडिएको अध्यागमन विभागले जनाएको छ।

अध्यागमन विभागका निर्देशक तथा प्रवक्ता टीकाराम ढकालले सरकारी निकायको नाम दुरुपयोग गरी नक्कली परिचयपत्र प्रयोग गर्ने कार्य गम्भीर अपराध भएको उल्लेख गर्दै यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि कानुनअनुसार कडा कारबाही अघि बढाइने बताएका छन्।