२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सुरक्षाबारे साझा बुझाइ हुनुपर्नेमा प्रधान सेनापति सिग्देलको जोड

अ+ अ-

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको अवस्था बहुआयामिक, जटिल र चुनौतीपूर्ण बन्दै गएको बताएका छन् ।

उनले बहुपक्षीय संस्थाको कमजोर र स्वार्थ केन्द्रित गठबन्धनको बढ्दो प्रभाव, सूचना प्रविधिको व्यापक प्रयोग र दुरुपयोग, साना-राष्ट्रको घट्दो निर्णय क्षमताका कारण पनि राष्ट्रिय सुरक्षामा चुनौती थपिएको बताए ।

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार विकास समितिद्वारा आज यहाँ आयोजित ‘नेपालको राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता र समृद्धिमा प्रतिरक्षा विश्वविद्यालय’को भूमिका विषय कार्यक्रममा प्रधानसेनापति सिग्देलले राष्ट्रिय सुरक्षाको आयाम, क्षेत्र, अभ्यासमा सरोकारवालाबीच साझा सोच र धारणा आवश्यक रहेको बताए ।

उनले भने, “नेपालको भू-राजनीतिक अवस्थित, तरल राजनीतिक अवस्था, विभिन्न समूह तथा संघसंस्थाका गतिविधि, बसाइँसराइ, वैदेशिक रोजगारमा निर्भरता, घट्दो कृषि तथा बढ्दो आयातले आर्थिक तथा सामाजिक सुरक्षामा थप जटिलता उत्पन्न भइरहेको छ ।”

उनले जटिल र बहुआयामिक सामाजिक वातावरणमा बाह्य तथा आन्तरिक सुरक्षा पर्नसक्ने प्रभावको गहन विश्लेषण गर्दै अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिक दृष्टिकोणसहित प्रभावकारी राष्ट्रिय सुरक्षाको व्यवस्था जानु आजको अपरिहार्यता रहेको बताए।

प्रधान सेनापति सिग्देलले राष्ट्रिय सुरक्षाको प्रमुख उद्देश्य राज्यशक्तिका समयन्त्रको समन्वयात्मक उपयोग र प्रयोगबाट राष्ट्रियहितको जर्गेना गर्नु रहेको बताए । उनले भने, “हालको विश्वपरिवेशमा राष्ट्रिय सुरक्षा र प्रतिरक्षा केबल परम्परागत सैनिक सुरक्षामा मात्र सीमित नरही सामाजिक स्थायित्व, सुशासन, आर्थिक समृद्धि, बलियो कूटनीतिक, सफल सूचना संयन्त्र, प्रविधिको उपयोग एवं राष्ट्रिय हितसँग सरोकार राख्ने सबै विषयसँग जोडिएको छ ।”

बहुसाँस्कृतिक समाजमा पारम्परिक सम्बन्ध, आपसी सहिष्णुता र एकता कायम गर्दै राष्ट्रिय सुरक्षालाई बलियो तुल्याउनुपर्ने बताउँदै प्रधानसेनापति सिग्देलले भने, “राष्ट्रिय सुरक्षा नीतिमा आधारित रही नेपालका सबै सम्बद्ध निकायलाई सबल, सक्षम र सुदृढ बनाउन तथा आन्तरिक तथा बाह्य सुरक्षा चुनौतीको समयमा नै पहिचान र विश्लेषण गरी प्रतिरक्षा, आन्तरिक सुरक्षा, सार्वजनिक सुरक्षा, परराष्ट्र र अर्थनीतिमा सामाञ्जस्यता ल्याएर सुरक्षालाई सुदृढ तुल्याउन सकिन्छ ।”

नेपालको भौगोलिक अखण्डता, सार्वभौमसत्ता, स्वतन्त्रता पुर्खाको दूरदृष्टि, राष्ट्रपतिको समर्पण र बलिदानबाट मात्र सम्भव भएको बताउँदै उनले वर्तमान पुस्तामा नेपालको इतिहास र परम्पराको ज्ञानबाट राष्ट्रभक्तिको भावना विकास जागृत तुल्याउन आवश्यक रहेको धारणा राखे ।

उनले राष्ट्रिय सुरक्षा, प्रतिरक्षा, राष्ट्रिय एकता तथा राष्ट्रिय सुरक्षाका सम्बन्धमा सबै सरोकारवाला निकाय र नागरिकमा साझा बुझाइको आवश्यकता महसुस गरी राष्ट्रिय विश्वविद्यालयको स्थापना र सञ्चालन अघि बढाइएको स्पष्ट पारे ।

प्रधान सेनापति सिग्देलले भने, “भविष्यमा आइपर्नसक्ने बहुआयामिक चुनौतीलाई सामान गर्न राजनीतिक तहमा सोच्न सक्ने, अन्तर निकायबीचको समन्वय र राष्ट्रिय हितलाई केन्द्रमा राखेर रणनीतिक तहको नेतृत्व उत्पादन र विकास गर्न  राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय एक महत्वपूर्ण कोशेढुंगा साबित हुनेछ ।”

विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक एवं उपरथी विष्णु राउतले नेपालको ठूलो प्राज्ञिक अनुसन्धान संस्थाका रूपमा अघि बढिरहेको विश्वविद्यालयको पाठ्यक्रम निर्माणको कार्य अन्तिम चरणमा पुगेको जानकारी गराए ।

विश्वविद्यालय प्राज्ञिक समूहका सदस्य डा. शम्भुराम सिंखडा समाज छलफल र बहसबाट अघि बढ्ने भए पनि सुरक्षा फौज भने निश्चित संरचना, अनुशासन र आदेशमा चल्ने संगठन भएको पक्षलाई सबैले मनन गर्न आवश्यक रहेको बताए ।

परराष्ट्र मामिलाका जानकार विषय विज्ञ डा. विश्चलनाथ पाण्डेले जेन जेड आन्दोलनका क्रममा देशको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका तीनवटै अंग घाइते भएका बेला नेपाली सेनाको अनुभव, क्षमता, रणनीतिकज्ञान र सुझबुझपूर्ण कार्यले मुलुकमा नयाँ सरकार गठन भई चुनावी वातावरण बन्न पुगेको धारणा राखेका छन् ।

विषय विज्ञ डा. पिताम्बर भण्डारीले राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील विषयको अनुसन्धान र ज्ञान हासिल गर्ने प्रतिरक्षा विश्वविद्यालय सञ्चालन र अनुसन्धानमा आफ्नै बजेट र लगानी हुनुपर्नेमा जोड दिए ।

प्राज्ञिक उपसमितिका सदस्य प्रा. डा. मीनादेवी वैद्यले रणनीतिक नेतृत्व विकास तथा राष्ट्रिय सुरक्षा रणनीति निर्माणमा विश्वविद्यालयको भूमिकाका विषयमा धारणा प्रस्तुत गरे ।

प्रतिरक्षा विश्वविद्यालय आयोजना प्रमुख विनय राणाले नेपालको गौरवपूर्ण इतिहासलाई आधुनिकतासँग जोडेर लैजानुपर्ने धारणा राखे । प्राज्ञिक उपसमिति सदस्य पूर्वउपरथी तीन वटा सेमेस्टरमा हुने १५ वटा विषयवस्तुको ढाँचाबारे जानकारी गराए ।

काभ्रे बनेपा नगरपालिका– १३ र १४ मा रु. आठ अर्ब ६३ करोड १० लाखको लागतमा निर्माण भइरहेको उक्त विश्वविद्यालय आगामी साउनदेखि सञ्चालनमा ल्याउने जमर्कोका साथ पाठ्यक्रम निर्माणको कार्य भइरहेको छ ।