२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन

अ+ अ-

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी स्वरूप निर्वाचन आयोगले सूचना तथा जिज्ञासा व्यवस्थापनका लागि विशेष टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ।

अघिल्ला निर्वाचनमा प्रयोग हुँदै आएको अभ्यासलाई निरन्तरता दिँदै यस पटक पनि आयोगले कल सेवा केन्द्र सक्रिय बनाएको हो।

निर्वाचन आयोगका अनुसार कान्तिपथस्थित केन्द्रीय कार्यालयबाट सञ्चालन भइरहेको उक्त सेवामार्फत निर्वाचन प्रक्रियासँग सम्बन्धित विषयमा मतदाता, नागरिक तथा अन्य सरोकारवालाका प्रश्न तथा जिज्ञासाको उत्तर प्रदान गरिने छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सेवा प्रवाहका लागि छुट्टाछुट्टै छ वटा डेस्क व्यवस्था गरिएको छ।

उक्त सेवा प्रत्येक दिन बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म उपलब्ध रहने छ। मतदाता तथा सरोकारवालाले नि:शुल्क टोल-फ्री नम्बर ११०२ मा फोन गरी आवश्यक जानकारी लिन सक्नेछन्।