काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक जनार्दन शर्मा ‘प्रभाकर’ ले रुकुम पश्चिमबाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
शर्मा रुकुम पश्चिमस्थित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। यसअघि माओवादीबाट चुनाव जित्दै आएका शर्मा अब नयाँ दल प्रलोपा सँगै चुनावी मैदानमा छन्।







