२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालेन भन्छन् -‘देशलाई लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिएको छ’

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेनले देशको विकासका लागि इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण आवश्यक रहेको बताएका छन् ।

२७ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा शुक्रवार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो बताएका हुन् । उनले लेखेका छन् ‘देशलाई अब अल्पकालीन निर्णय होइन, दीर्घकालीन दृष्टिकोण चाहिएको छ। अब लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिएको छ।’

उनले नेपाललाई देशलाई व्यवस्थित बनाउने योजना र उद्देश्यसहित आफू राजनीतिमा सक्रिय भएको दाबी गरेका छन्। 

‘हामी राजनीतिमा आउनुको मूल उद्देश्य नै नेपाललाई सुरक्षित बनाउने, नेपाललाई दिगो बनाउने र नेपाललाई व्यवस्थित बनाउने हो। नीति यस्तो बन्नेछ, जसले संकट आउनुअघि तयारी हुनेछ’, उनले लेखेका छन्, ‘संरचना यस्तो बन्नेछ, जसले विपद् सहन सकोस्। शासन यस्तो बनोस्, जसले जनताको विश्वास जितोस्। यो अभियान कुनै एक व्यक्तिको होइन। यो सुरक्षित भविष्य चाहने सबै नेपालीको साझा अभियान हो। सबैको साथ, सहयोग र विश्वाससहित ।’

उनले २०७२ को भूकम्पपछि सिभिल इन्जिनियरको रूपमा काम गरेको सम्झनासमेत गरेका छन् । ‘२०७२ सालको भूकम्पपछि म सिभिल इन्जिनियरको रूपमा देशका विभिन्न भागमा काम गर्दै थिएँ’, उनले लेखेका छन्, ‘काभ्रेमा मात्रै करिब २५ सय घर निर्माण गरियो। त्यसपछि गोरखा हुँदै देशका ३५ भन्दा बढी जिल्लामा सिभिल इन्जिनियरका रूपमा काम गर्ने अवसर पाएँ। आज भूकम्प सुरक्षा दिवसको अवसरमा अब कहिल्यै पनि त्यस्तो दिन नआओस् भन्ने हाम्रो कामना छ।’