२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘लोकतन्त्रको आत्मा भनेकै स्वच्छ, स्वतन्त्र, निष्पक्ष, समावेशी, विश्वसनीय निर्वाचन’ : आयुक्त तुलाधर

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगकी आयुक्त डा. जानकीकुमारी तुलाधरले लोकतन्त्रको आत्मा भनेकै स्वच्छ, स्वतन्त्र, निष्पक्ष, समावेशी, विश्वसनीय निर्वाचन भएको बताएकी छन् ।

मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश, जिल्ला निर्वाचन अधिकारीका लागि निर्वाचन व्यवस्थापनसम्बन्धी दुई दिने अभिमुखीकरणको आज समापन गर्दै उनले संविधानले सुनिश्चित गरेको सार्वभौमसत्ता जनतामा निहित रहने सिद्धान्तलाई व्यवहारमा उतार्ने सबैभन्दा सशक्त माध्यम नै निर्वाचन भएको उल्लेख गरिन् ।

आयुक्त तुलाधरले निर्वाचनलाई सफल बनाउने दायित्व निर्वाचन अधिकृतहरूको भएकाले  प्रशिक्षण कार्यक्रमले निर्वाचनका कानुनी, प्राविधिक, प्रशासनिक पक्षको आवश्यक ज्ञान, सीप, साझा बुझाइ विकास गर्न टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।

निर्वाचनको प्रत्येक चरण निर्वाचनको तयारीदेखि मतगणना, नतिजा घोषणासम्म र आचारसंहिता आयोगका निर्देशनअनुसार सञ्चालन हुनु अनिवार्य भएकामा जोड दिँदै उनले त्यसका लागि व्यावसायिक दक्षता, निष्पक्ष आचरण, उच्च नैतिकता हुनुपर्ने बताइन् । “निर्वाचनको व्यवस्थापन आजको सन्दर्भमा केवल प्रशासनिक काम मात्र नभई विधि, समावेशिता, पारदर्शिता र जनविश्वाससँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो”, उनले भने । 

त्यसैगरी बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले सुरक्षाको समन्वय गर्ने जिम्मेवारी प्रमुख जिल्ला अधिकारीको भएको उल्लेख गर्दै बाँकेमा निर्वाचनपूर्वको प्राविधिक तयारी भइरहेको जानकारी दिए। 

अभिमुखीकरणमा लुम्बिनी, सुदूरपश्चिम, कर्णाली प्रदेशका २७ जिल्लाका ६६ जना मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, जिल्ला निर्वाचन अधिकारीको सहभागिता रहेको थियो ।