२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मध्यपहाडी लोकमार्गको बागलुङ-बिहुँ खण्ड अलपत्र

अ+ अ-

 बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको उपल्लाचौर-बयलडाँडा खण्ड अलपत्र परेको छ । नौ वर्षसम्म निर्माण कम्पनीले काम नगर्दा ठेक्का सम्झौता तोडिएपछि लोक मार्गको काम अलपत्र परेको हो । पाँच पटकसम्म म्याद थप्दा पनि काम नगरेपछि लोकमार्ग कार्यालयले ठेक्का सम्झौता तोडेको हो । अब कहिले नयाँ ठेक्का कहिले खुल्छ भन्ने अनिश्चित बनेको लोकमार्ग कार्यालयले जनाएको छ ।

लोक मार्गको बागलुङ नगरपालिका–उपल्लाचौरदेखि काठेखोला गाउँपालिका–६ बयलडाँडासम्मको १३ किलोमिटर सडक कालोपत्रका लागि भारत/सिद्धिसाई जेभीले विसं २०७६ माघ १३ मा सक्ने गरी २०७३ माघ १४ गते सम्झौता गरेको थियो । पाँच पटक म्याद थप गर्दा जम्मा ७९ प्रतिशत मात्रै काम गरेको लोकमार्ग कार्यालयकी इन्जिनियर कल्पना मिश्रले बताउनुभयो ।  

 पाँचौँ पटकको म्याद गत वर्षको पुस २९ गते सकिए पनि अहिलेसम्म अवसर पाउँदासमेत काम नगरेपछि सार्वजनिक खरिद नियमावली २०६४ तेह्रौँ संशोधन बमोजिम ठेक्का तोडिएको उहाँको भनाइ छ । मिश्रका अनुसार निर्माण कम्पनीले रु ३८ करोड नौ लाख ९३ हजार ५०० मा जिम्मा पाएको थियो । निर्माण कम्पनीले हालसम्म गरेको काममा कैफियत देखिएको छ । सडक खण्डको धेरै ठाउँमा कालोपत्र गरे पनि गुणस्तरीय नदेखिएको इन्जिनियर मिश्रले बताए । अब अर्थ मन्त्रालयले स्रोत सहमति दिएपछि मात्रै नयाँ ठेक्का आव्हान हुने उनको भनाइ छ । 

निर्माण व्यवसायीबाट सम्पादित भुक्तानी योग्य कामको नापजाँच गरी कार्यको अद्यावधिक विवरण दुरुस्त राख्नका लागि निर्माण व्यवसायीलाई सम्पर्कमा आउन सूचना प्रकाशन गरेको उनले बताए । १५ दिनभित्र सम्पर्कमा नआए कार्यालयले नै नाप जाँच गरी मूल्यांकन गर्ने र उक्त मूल्यांकन अन्तिम हुने उनले बताए ।