काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले काँग्रेस सुधार गर्ने संकल्प गर्ने बताएका छन्।
विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पार्टीमा भएको कमीकमजोरीको ड्राइभिङ सिटको छेउमा आफूहरू पनि बसेकाले जिम्मेवारी लिने बताए।
उनले भने, ‘त्यसलाई हामीले स्विकारेरै भनेका हौँ। अब पुरानै ढङ्गले नयाँ यात्रा गर्न सकिँदैन। नयाँ परिस्थिति निर्माण गरेर मनस्थिति र सोचलाई बदल्नुपर्छ।’







