२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘एकता हुन खोज्दाखोज्दै पनि हामीलाई जबरजस्ती बाहिर राखियो’-अध्यक्ष घिसिङ

अ+ अ-

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नयाँ शक्तिहरूसँग एकता हुन खोज्दाखोज्दै पनि जबरजस्ती बाहिर राखिएको बताएका छन् ।

शनिवार बसेको केन्द्रीय कार्यालयको बैठक सकेपछि पत्रकार सम्मेलनमा घिसिङले नयाँ शक्तिहरूलाई एकताबद्ध हुनबाट बाहिर राखिएको बताएका हुन् ।

नयाँ राजनीतिक शक्तिहरू रास्वपासँग एकताबद्ध भएर जान खोजेको तर पुस १४ मा गरिएको सहमति एकतर्फी भंग गरेर बाहिर राखिएकोसमेत बताएका छन् । ‘हामी एकता हुन खोज्दाखोज्दै पनि हामीलाई जबरजस्ती बाहिर राखियो । यस्तो अवस्थामा हामी एक्लै पनि अगाडि बढ्ने प्रतिबद्धता जनाउन चाहन्छु,’ घिसिङले भने, ‘नेपाली जनताको माग, चाहना, हाम्रो त्यागलाई कमजोरीको रूपमा लिनुभयो र यो सहमति भंग गर्नुभयो । यो अवस्था आउँछ भनेर लागेको थिएन । यो १२ दिन ठुलो बिलखबन्द र अन्योलमा भएको परिस्थिति रह्यो ।’

अब देशभरि पार्टीले अभियान चलाउने र १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने घिसिङले घोषणा गरे । नयाँ राजनीतिक शक्तिसँग मिलेर अगाडि बढ्न पनि आफू तयार रहेको उनले बताए ।