२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी विभाजन हुन नदिन विशेष महाधिवेशन रोक्न आग्रह गर्ने काँग्रेस संस्थापन समूहको निष्कर्ष

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन समूहका केही नेताहरूको छलफल सकिएको छ । छलफलले पार्टी विभाजन हुन नदिन विशेष महाधिवेशन पनि रोक्न आग्रह गर्ने निष्कर्ष निकालेको छ ।

काठमाडौँको बानेश्वरस्थित अनन्दभूमि इभेन्टमा संस्थापन पक्षीय केन्द्रीय सदस्यहरू कृष्ण सिटौला, बालकृष्ण खाँण, एनपी साउद, वीरबहादुर बलायर, शिव हुमागाईं, गुरु बराल, जीतजंग बस्नेत, किरण पौडेल, लक्ष्मी खतिवडा, उर्मिला थपलिया, गंगा अवाल, मदन कृष्ण श्रेष्ठ, गणेश लामालगायतको छलफलले यस्तो निष्कर्ष निकालेको हो ।

छलफलको जानकारी दिँदै केन्द्रीय सदस्य गुरु बरालले पार्टी कमजोर बनाउनेहरू सक्रिय भएकोले त्यसलाई कसरी रोक्न सकिन्छ भनेर छलफल भएको बताए ।

‘इतिहासको मोडलमा पेलिचो छ । पार्टी विभाजन र कमजोर बनाउन सक्रिय छन् । त्यसकारण पार्टी एकता र फुटबाट जोगाउन कसरी सकिन्छ भन्ने छलफल भयो,’ उनले भने, ‘काँग्रेस कमजोर हुँदा लोकतन्त्र जान्छ । भूराजनीति तथा राष्ट्रिय राजनीतिका कारण काँग्रेस विभाजन हुन नदिन देश भरका साथीहरूलाई आह्वान गर्ने निर्णय भयो ।’

उनले विशेषको नाममा पार्टी विभाजन हुन लागेको भन्दै विशेष भनिरहेकाहरूलाई पनि पार्टी एक ढिक्का बनाउन आह्वान गरिने बताए ।

‘विशेषको नाममा पार्टी विभाजन हुन लाग्यो , उहाँहरूलाई पनि काँग्रेस एक ढिक्का बनाउन आह्वान गर्ने निर्णय भयो,’ छलफलपछि उनले भने, ‘हामीले युवा र जिल्ला सभापतिको भेला बोलाएर मुठभेडतिर हैन एकतामा ल्याउन लागेका हौँ ।’

नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितले पुस २७ गतेलाई विशेष महाधिवेशन आह्वान गरेका छन् भने संस्थापन समूहले सोही दिन युवा तथा जिल्ला सभापति भेला डाकेको छ ।