२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेले तत्काल स्थायी प्रकृतिको कार्यविभाजन नगर्ने

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले तत्काल स्थायी प्रकृतिको कार्यविभाजन नगर्ने भएको छ । पोलिटब्युरो र स्थायी कमिटी गठनका लागि तय गरिएको केन्द्रीय कमिटी बैठक निर्वाचन लक्षित एजेन्डामा मात्र केन्द्रित हुने नेताहरूले बताएका छन् । केन्द्रीय कमिटीको दोस्रो बैठक ललितपुरस्थित म्याजेष्टी गार्डेन पार्टी प्यालेसमा बस्दै छ ।

फागुन २१ को निर्वाचनअघि पार्टीले कुनै पनि स्थायी प्रकृतिको कार्यविभाजन नगरिने भएको हो ।

यसअघिको सचिवालय बैठकले पनि प्रदेशको संयोजनसहित केही जिम्मेवारी दिए पनि त्यो अस्थायी मात्र भएकोले चुनावपछि समीक्षा गरेर हेरफेर हुने महासचिव शंकर पोखरेलले बताएका थिए ।

यही २६(२७ मा बोलाइएको बैठकका कार्यसूची संक्षिप्त र महत्त्वपूर्ण रहेको अध्यक्ष केपी शर्मा ओलीको सचिवालयका एक सदस्यले बताए ।

बैठकमा निर्वाचन लक्षित एजेण्डामाथि मात्रै छलफल हुने भएको छ । २१ गते सम्पन्न सचिवालयको दोस्रो बैठकले अगाडि सारेका निर्वाचन लक्षित कार्ययोजनालाई पूर्णता दिँदै पारित गर्ने र थप कार्ययोजना तय गरिने कार्यसूची रहेको स्रोतले जनाएको छ ।

फागुन २१ मा सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्रमा समेटिनुपर्ने विषयबारे केन्द्रीय सदस्यहरूको धारणा मागिनेछ । प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउन अधिकार सम्पन्न जिम्मेवारी तोकिने कार्यसूची छ ।

यसअघि निर्वाचनलाई लक्षित गर्दै सचिवालय बैठकले केही जिम्मेवारी दिएको थियो । रिक्त रहेका कतिपय कमिटी सदस्यलाई पूर्णता दिने प्रस्ताव केन्द्रीय कमिटीमा पेश गरिनेछ ।