काठमाडौँ । लोक सेवा आयोगले उपसचिव पदको परीक्षा कार्यक्रम स्थगित गरेको छ ।
आयोगले आज विज्ञापन नं. १६६६४-१६६९१/०८२-८३ (आ.प्र./खुला/समावेशी) न्याय/प्रशासन/लेखापरीक्षण/संघीय संसद सेवा, रा.प. द्वितीय श्रेणी, उपसचिव (अप्राविधिक) वा सो सरह पदको परीक्षा कार्यक्रम स्थगित गरिएको जनाएको हो ।
यही फागुन २१ गते हुन लागेको निर्वाचनका कारण आयोगले यसअघि प्रकाशित परीक्षा कार्यक्रम स्थगित गरेको जनाएको छ।








