काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलाली चुरे गाउँपालिका वडा नं. ६ बस्ने प्रेम सिंह ठगुन्ना र गोदावरी नगरपालिका वडा नं. २ बस्ने किसन सिंह साउदविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरेको आरोपमा आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।
वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादव प्रतिवादी रहेको घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीहरू ठगुन्ना र साउदले अदालत समक्ष बकपत्र गर्दा आयोगमा गरेको बयान भन्दा ब्यहोरा तथा तथ्यसमेत फरक हुने गरी प्रतिकूल बकपत्र गरेको अख्तियारको दाबी छ ।








