काठमाडौँ । दुई जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (प्रजिअ)खटाइएको छ । गृह मन्त्रालयले मंगलवार जिल्ला प्रशासन कार्यालय बागलुङको प्रमुख जिल्ला अधिकारीमा उपसचिव कृष्णप्रसाद आचार्य र नुवाकोटको प्रमुख जिल्ला अधिकारीमा शम्भु प्रसाद रेग्मीलाई खटाउने निर्णय गरेको हो ।
नुवाकोटमा प्रमुख जिल्ला अधिकारीको पद रिक्त रहेको थियो भने बागलुङमा जनकराज पन्त कार्यरत थिए । सहसचिवको दरबन्दीमा सहसचिवलाई नै पठाउने भनिएसँगै बढुवा सिफारिस भइसकेका रेग्मीलाई नुवाकोट र आचार्यलाई बागलुङमा खटाइएको हो ।
आचार्य र रेग्मी दुवै सहसचिवमा बढुवा सिफारिस भइसकेका कर्मचारी हुन् । ३५ दिने अवधि पूरा नहुँदा उनीहरूले हालसम्म औपचारिक रूपमा नियुक्ति लिन बाँकी रहेको छ ।








