काठमाडौँ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङका वडाध्यक्ष लिलाकुमार चौहानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ का खड्ग खत्रीसँग वडाध्यक्ष चौहानको घरायसी विवादका कारण झैँ झगडा भएपछि चौहानलाई आइतबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरीका अनुसार विवादपछि चौहानलाई नियन्त्रणमा लिई सोधपुछको लागि प्रहरी हिरासतमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले







