काठमाडौँ । साताको दोस्रो कारोबार दिन प्रि-ओपन सेसनमा ०.०१ अंक बढेर २६१०.६४ विन्दुमा पुगेको छ।
यस सेसनमा १ करोड २७ लाख ९४ हजार ४० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ४३ कम्पनीको १७ हजार ३५९कित्ता सेयर खरिदबिक्री भएको छ । नेप्सेमा कारोबार भएकामध्ये १४ कम्पनीको सेयर मूल्य बढ्दा २६ कम्पनीको सेयर मूल्य घटेको छ भने, १ कम्पनीको मूल्य स्थिर रहेको छ।







