२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गौशालामा गाई मर्न थालेपछि व्यवस्थापनका लागि आग्रह

अ+ अ-

कैलाली । कैलालीको गोदावरी नगरपालिका–७ तिकोलामा रहेको गौशालामा आज ठूलो सङ्ख्यामा गाई परेका भेटिएपछि स्थानीयले व्यवस्थापनका लागि आग्रह गरेका छन् । गौशालामा २५ वटा गाई र बाच्छाबाच्छी मरेको भेटिएका हुन् । 

स्थानीय अगुवा नेता लोकराज पाण्डेले पर्याप्त आहार नपाउँदा र चिसोले कठ्याङ्ग्रिएर गाई मरेको अनुमान रहेको बताए । “गौशालामा राखिएका गाईलाई समयमा नै घाँस, दाना तथा उचित व्यवस्थापन गरिएको छैन । यस विषयमा विगतमा पनि कुरा उठेको हो । सयभन्दा बढी गाई भएको गौशालामा एक जना मात्र हेरालु छन्”,  उनले भने, “हेरचाहको अभावका कारण यस्तो दु:खद अवस्था आएको हो । गौशालामा दैनिक चारदेखि पाँच वटा गाई मरिरहेको अवस्था छ । मरेका गाईको गन्धले त्यहाँ जान सक्ने अवस्थासमेत छैन ।”

पाण्डेले स्थानीय पालिका र सरोकार भएकाहरूलाई गौशाला व्यवस्थापनका लागि आग्रह गरे । 

पशु कल्याण धनगढीका अध्यक्ष चेतराज अवस्थीले प्रदेश सरकार र स्थानीय प्रशासनले उक्त गौशालामा भएको घटनाको अनुगमन गरेर घटनाको सत्य तथ्य बाहिर ल्याउनुपर्ने माग गरे । उनले समस्या पहिचान गरी तत्काल व्यवस्थापनमा लाग्नुपर्ने बताए ।