२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समानुपातिक सूचीलाई अन्तिम रूप दिन नेकपा आन्तरिक छलफलमा 

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीलाई अन्तिम रूप दिन छलफल गरिरहेको छ ।

आयोगले तोकेको समय सीमाभित्र बन्द सूची बुझाए पनि त्यसलाई सच्याउने मौका भएकाले उनीहरू सच्याउन लागेका हुन् ।

नेकपा नेता शक्ति बस्नेतले १७ घटकबाट सिफारिस भएका व्यक्तिलाई निर्वाचन आयोगको सुझावमार्फत सच्याउने बताए । ‘निर्वाचन आयोगले भनेअनुसार कुनै उम्मेदवारमा केही त्रुटि भए हामी सच्याउँछौँ,’ उनले भने, ‘कानुनी रूपमा त्रुटि भेटिए केही नाम फेरिन सक्छन् । नाम सच्याउने अझै समय छ । हामी गृहकार्यमै छौँ ।’ उनले विगतमा अवसर पाएका व्यक्तिलाई नदोहोर्‍याउने नीतिले समानुपातिक उम्मेदवार छान्दा विवाद नभएको दाबी गरेका छन्।

‘आकांक्षी धेरे भएको ठाउँमा केही असन्तुष्टि हुन सक्छ । धेरै व्यक्तिका चाहना हुन सक्छन्,’ उनले भने, ‘नदोहोर्‍याउने नीतिले आगामी दिनमा पालोमा बसेका साथीहरू पनि ढुक्क भए । हामीले सूची मिलाएरै दिएका छौ ।’ उनले सूचीमा भएका केही नाम फेरबदल हुन सक्ने बताए ।

निर्वाचन आयोगले सूची सुधारका लागि दिएको समयभित्र परिवर्तन गर्ने भन्दै नेताहरू रक्षात्मक बनेका छन् । तर, दर्ता गरिसकिएको समानुपातिक बन्द सूचीमा व्यापक हेरफेर गर्न नसकिने, समावेशिताको सुनिश्चितता गर्न मात्रै दलहरूलाई केही दिन उपलब्ध गराइएको निर्वाचन आयोगका अधिकारीहरूले बताएका छन् ।