२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपद् प्रभावित इलामका सडक पुनर्निर्माणका लागि २ अर्ब १९ करोड रुपैयाँ स्रोत सहमति

अ+ अ-

काठमाडौँ । गत असोज १८-१९ को भारी वर्षापछि क्षति पुगेका इलामका सडक तथा पुल मर्मत र पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले २ अर्ब १९ करोड रुपैयाँ स्रोत सहमति प्रदान गरेको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पेश गरेको योजनाअन्तर्गत क्षतिग्रस्त मेची राजमार्ग, माइखोला पुल (राजदुवाली), माइखोला पुल(बेलवासे), पुवाखोला पुल, जोगमाईखोला पुल र मेची करिडोरको पुनर्निर्माणमा रकम खर्च गरिनेछ।

अर्थ मन्त्रालयले चालू आर्थिक वर्षमा तत्काल आवश्यक पर्ने ५४ करोड रुपैयाँ निकासा गरेको छ। स्रोत सहमति पाएसँगै सडक तथा पुल पुनर्निर्माणका लागि खरिद (टेन्डर) प्रक्रिया अगाडि बढाउन बाटो खुलेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, र शहरी विकास मन्त्री कुलमान घिसिङले सडक विभागलाई तत्काल टेन्डर प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन्। कार्यान्वयन विभाग मातहतको सडक डिभिजन, इलामले गर्नेछ।

गत मनसुनमा ३९ जनाको मृत्यु र ठूलो भौतिक क्षति भएका कारण सरकारले इलामलाई ३ महिनाका लागि ‘विपद् संकटग्रस्त’ घोषणा गरेको थियो। मन्त्री घिसिङसहितको टोलीले असोज २५ मा इलाम पुगेर क्षति निरीक्षण गरी तत्काल राहत र दीर्घकालीन योजना ल्याउने प्रतिबद्धता जनाएको थियो।

स्रोत सुनिश्चित रकमको विवरणअनुसार, मेची राजमार्गको पुनर्निर्माणका लागि १ अर्ब ५० करोड, माइखोला राजदुवाली २० करोड, माइखोला पुल बेलवासे २५ करोड, पुवाखोला र जोगमाईखोला बेली ब्रिज निर्माणका लागि ५–५ करोड, र मेची करिडोरको बैकल्पिक सडकका लागि १४ करोड रुपैयाँ छुट्याइएको छ।

चालू आवका लागि आवश्यक निकासा क्रमशः मेची राजमार्ग २५ करोड, माइखोला राजदुवाली ५ करोड, माइखोला पुल बेलवासे १० करोड, मेची करिडोर ४ करोड, र दुई बेली ब्रिजका लागि पूर्ण रकम उपलब्ध गराइएको छ।