पाल्पा । पाल्पाको तानसेन नगरपालिका-९ डाँडा डुमबाट भरुवा बन्दुक १ थानसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने हुम बहादुर सोमै छन् । उनलाई अस्थायी प्रहरी पोष्ट माडी फाँटबाट खटिएको प्रहरीले उक्त बन्दुकसहित शुक्रबार दिउँसो पक्राउ गरेको हो ।
हाल उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







