काठमाडौँ । लोक सेवा आयोगले उपसचिव वा सो सरह पदको परीक्षा केन्द्र तोकेको छ । आयोगको केन्द्रीय कार्यालयले बिहीबार एक सूचना जारी गरी परीक्षा केन्द्र तोकिएको जानकारी दिएको हो ।
आयोगको आ.व. २०८२/८३ को वार्षिक कार्यतालिका बमोजिम मिति २०८२/०६/२९ गते विज्ञापन प्रकाशन भएका वि.नं. १७१७२-१७२०१/०८२-८३ र १६६९२/०८२-८३ राजपत्रांकित द्वितीय श्रेणी (प्राविधिक), उपसचिव वा सो सरह पद र राष्ट्रिय मानव अधिकार सेवातर्फ:अधिकृत द्वितीय श्रेणीको परीक्षा केन्द्र तोकिएको हो ।







