२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जरिवाना नतिर्ने राजनीतिक दलको चुनाव लड्नेसम्बन्धी निवेदन खारेज

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले तोकेको जरिबाना नतिर्ने राजनीतिक दलको चुनाव लड्नेसम्बन्धी निवेदन खारेज भएको छ ।

निर्वाचन आयोगले गत मंसिर १४ गतेसम्म प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन लिएको थियो । जस अन्तर्गत १२० दलले निवेदन दिएका थिए ।

१२० वटा दलभित्र निर्वाचन आयोगले समयमै आय-व्यय विवरण नबुझाएका कारण जरिबाना तोकेका ६ वटा राजनीतिक दल समेत थिए ।

अखण्ड सुदूरपश्चिम पार्टी नेपाल, संघीय विकासवादी पार्टी नेपाल, गान्धीवादी पार्टी नेपाल, संघीय नेपाल पार्टी, नेपाल मातृभूमि पार्टी र राष्ट्रवादी युवा मोर्चाले आर्थिक वर्ष २०८०/८१ को आय-व्यय विवरण बुझाएका थिएनन् ।

यी ६ वटा दलमध्ये एउटाले निर्वाचन प्रयोजनका लागि दिएको दल दर्ताको निवेदन नै फिर्ता लियो । चारवटा दलले अन्य दलसँग संयुक्त चुनाव लड्ने भनेर निवेदन दिए । आयोगले तोकेको जरिबाना पनि तिरेका छन् ।

तर, अखण्ड सुदूरपश्चिम पार्टीले भने जरिबाना रकम तिरेन । जरिबाना नतिरेपछि आयोगले दल दर्ताको लागि दिएको निवेदन नै खारेज गरिदिएको हो ।

निर्वाचन आयोगले २१ फागुनमा तय भएको चुनावमा भाग लिने दलहरूको सूची सार्वजनिक गरिसकेको छ । प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ ११४ दलले भाग लिँदै छन् ।

समानुपातिक तर्फ भने दल दर्ताको क्रम चलिरहेको छ ।