२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राधिकरणका नवनियुक्त महानिर्देशक डंगोलद्वारा पदभार ग्रहण

अ+ अ-

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक मुकेश डंगोलले सोमबार पदभार ग्रहण गरेका छन् ।

महानिर्देशकलाई प्राधिकरणको सिनामंगलस्थित कार्यालयमा उपमहानिर्देशक देवचन्द्र लाल कर्णले नवनियुक्त महानिर्देशक डंगोलका तथा हालै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भई आएका पर्यटन सचिव मुकुन्दप्रसाद निरौलालाई स्वागत गरेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन महानिर्देशक प्रदीप अधिकारीलाई भक्तपुरको नलिञ्चोकमा निर्माण गरिएको हेलिपोर्टमा सार्वजनिक सम्पत्ति हानिनोक्सानी पुर्‍याएको तथा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बनमा परेका थिए ।

अधिकारीको स्थानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय समेतको जिम्मेवारी बहन गर्दै आइरहेकी प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार पर्यटन मन्त्रालयको नागरिक उड्डयन महाशाखा प्रमुख सहसचिव मुकुश डंगोल (एटीसी) लाई प्राधिकरणको समेत कामकाज हेर्ने गरी महानिर्देशकको जिम्मेवारी दिएकी थिइन् ।