२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ’- प्रजिअ अधिकारी

अ+ अ-

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा  करिब १५ हजार सेवाग्राहीलाई सेवा प्रदान गरेको छ । गत भदौ २३ र २४ को जेन जेड प्रदर्शनपछि  भने सेवा प्रवाहमा केही असहजता आएको थियो । विभिन्न कठिनाइका  बीचमा पनि सेवा प्रवाह नरोकिएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए।

जेन जेड प्रदर्शनका क्रममा कार्यालय भवन तोडफोड र आगजनी समेत भएको थियो । यस पश्चात् केही दिन सेवा प्रवाह पूर्णरुपमा अवरुद्धसमेत भएको थियो । केही समयपछि कार्यालय भवन मर्मत तथा वैकल्पिक व्यवस्था गरी हाल नियमित रूपमा सबै प्रकारका सेवा प्रवाह भइरहेको छ । 

उनका अनुसार पाँच हजार तीन सय ८८ जनालाई राष्ट्रिय परिचयपत्र, तीन हजार छ सय ५९ जनालाई राहदानी, तीन हजार छ सय सात जनालाई नागरिकता, एक हजार दुई सय १३ जनालाई सिफारिस/प्रमाणीकरण सेवा प्रदान गरिएको छ । यस्तै चार सय ३४ जनाको गुनासो सम्बोधन, तीन सय ९८ जनालाई संस्था दर्ता र नवीकरण, एक सय ४० जनालाई नाबालक परिचयपत्र, ६५ जनालाई हातहतियार नवीकरण र नामसारी सेवा प्रदान गरिएको प्रजिअ अधिकारीले बताए ।

तीन हजार नागरिकता वितरण, छ जनाद्वारा परित्याग यस्तै तीन महिनाका अवधिमा तीन हजार छ सय एक जनालाई नागरिकता वितरण गरेको छ । साउनदेखि असोजसम्म एक हजार सात सय २४ नयाँ र एक हजार आठ सय ७७ प्रतिलिपि वितरण गरिएको अधिकारीले बताए ।

उनका अनुसार नयाँ नागरिकतातर्फ एक हजार सात सय १४ जनालाई वंशज (बाबुको आधारमा) पाँच जनालाई वंशज (आमाको आधारमा) तीन जनालाई गैरआवासीय र दुई जनालाई वैवाहिक अंगिकृत नागरिकता वितरण गरिएको छ । नौ सय ३३ महिला र सात सय ९१ पुरुषलाई नागरिकता वितरण गरिएको छ । 

प्रतिलिपितर्फ वंशजका आधारमा नौ सय २० महिला र नौ सय ५७ पुरुष गरी एक हजार आठ सय ७७ जनालाई नागरिकता वितरण गरिएको छ । प्रजिअ अधिकारीका अनुसार त्यस अवधिमा दुई महिला र चार पुरुष गरी ६ जनाले नागरिकता परित्याग गरेका छन् ।

गत साउनमा एक हजार चार सय ७९, भदौमा एक हजार ३६ र असोजमा एक हजार ८६ जनालाई नागरिकता वितरण गरिएको उनले बताए । सोही अवधिमा एक सय ४० नाबालक परिचयपत्र वितरण गरिएको छ । अधिकारीका अनुसार नयाँ दर्तातर्फ एक सय ३५ र प्रतिलिपितर्फ पाँच जनालाई नाबालक परिचयपत्र वितरण गरिएको छ ।

यस्तै कार्यालयले एक हजार छ सय ५३ राहदानी वितरण गरेको छ भने दुई हजार जनाको विवरण संकलन गरेको छ । पाँच हजार तीन सय ८८ जनाको राष्ट्रिय परिचयका लागि विवरण संकलन गरिएको छ भने १० हजार पाँच सय ३६ जनाको परिचयपत्र वितरणका लागि सम्बन्धित पालिकामा पठाइएको जनाइएको छ ।