काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पालिकाका कृषि प्राविधिक अधिकृतविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
सोमबार आयोगले दार्चुला, शैल्यशिखर नगरपालिकाको कृषि प्राविधिक अधिकृत पदमा कार्यरत मोहन सिंह धामी र कृषि नायव प्राविधिक सहायक पदमा कार्यरत अशोक सिंह धामीविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको हो ।
उनीहरूसहित अन्य प्रतिवादीहरू रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।








