काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाखा अधिकृत र लेखा अधिकृतविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
आयोगले वागमतीनगर जग्गा एकीकरण आयोजनामा कार्यरत शाखा अधिकृत याम कुमार कार्की र वी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइराला विरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको हो ।
उनीहरूसहितका अन्य प्रतिवादीहरू रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।









