२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘लैंगिक हिंसा अन्त्यमा प्रविधि र व्यवहार परिवर्तन महत्त्वपूर्ण’ : प्रधानमन्त्री कार्की

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रविधिको प्रभावकारी उपयोग र सामाजिक व्यवहार परिवर्तन लैंगिक हिंसा अन्त्यका लागि अत्यावश्यक पूर्वसर्त रहेको बताएकी छन् । 

‘प्रविधिको सही प्रयोग गरौँ: लैंगिक हिंसा अन्त्य गरौँ’ भन्ने राष्ट्रिय नारासहित सुरु भएको यस वर्षको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको आज यहाँ उद्घाटन गर्दै उनले कुनै पनि नाममा हुने हिंसाले कसैको हित नगर्ने बताइन् । 

प्रधानमन्त्री कार्कीले महिलामाथि बढी देखिने लैंगिक हिंसाबाट पुरुषसमेत प्रताडित हुने सामाजिक यथार्थलाई बुझ्नुपर्ने आवश्यकता औँल्याइन् । प्रविधिको प्रयोगले सचेतना बिस्तार, सूचनामा पहुँच र प्रतिवेदन प्रणाली सुदृढ बनाउन सक्ने भएकाले यस वर्षको नाराले सान्दर्भिकता बोकेको उनको भनाइ थियो ।

प्रधानमन्त्री कार्कीले कुनै पनि धर्म, संस्कृति वा परम्पराले महिलामाथि हिंसा गर्न समर्थन नदिने स्पष्ट पार्दै संविधान तथा कानुनी संरचनाले पनि महिलालाई समान अधिकार प्रदान गरे पनि व्यवहारिक कार्यान्वयनमा चुनौती रहेको बताइन् ।  महिलाको निर्णायक तहमा प्रतिनिधित्व बढाउनुपर्ने र त्यसका लागि निर्वाचनमा महिलाको सम्भावित सहभागिता बढाउन दलहरूले महिला उम्मेदवारलाई प्राथमिकता दिनुपर्नेमा उनको जोड थियो । 

यसैगरी हिंसाले महिलाको जीवनमा मानसिकलगायत बहुआयामिक चोट पुर्‍याउने भएकाले पीडितको संरक्षण, राहत र पुन:स्थापना राज्यको प्राथमिकतामा रहनेसमेत प्रधानमन्त्री कार्कीको भनाइ थियो । “सोह्र दिने अभियानले हरेक वर्ष दृश्यात्मक परिवर्तन ल्याउनुपर्छ, कानुनी आधारहरू पर्याप्त छन्, कार्यान्वयन नै मुख्य हो । यसमा सबै लाग्नुपर्छ”, उनले भनिन् । 

प्रधानमन्त्री कार्कीले प्रविधिको सही उपयोग, सशक्त कानुनी कार्यान्वयन र सकारात्मक व्यवहार परिवर्तनमार्फत लैंगिक हिंसा समाप्तिका लागि सबै पक्षलाई आग्रह गरिन् ।