२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनार्दन शर्माको टिप्पणी : ‘अब पनि पुराना दलबाट आशा राख्नु मूर्खता हो’ 

अ+ अ-

काठमाडौँ । प्रगतिशील राष्ट्रिय अभियानका संयोजक जनार्दन शर्मा पुराना राजनीतिक दलका नेतृत्वहरू झन् झन् असक्षम भइरहेको टिप्पणी गरेका छन्।

जनयुद्धको नेतृत्व गरिरहेको तत्कालीन माओवादी र ७ दलबीचको शान्ति सम्झौता भएको आज १९ वर्ष पूरा भएको प्रशंगमा आफ्नो धारणा सार्वजनिक गर्दै पुराना राजनीतिक दलका नेताहरूले सिंगो देशलाई द्रुतगतिले पतनको बाटोमा लगिरहेको आरोप लगाएका छन्।

उनले भनेका छन्, ‘हामीले केवल इतिहास स्मरण गर्ने होइन, त्यसले दिएको सिखलाई वर्तमानमा लागू गर्ने अवसरका रूपमा लिनुपर्छ। यो सम्झौताले राजतन्त्रबाट गणतन्त्रमा रूपान्तरण, समावेशी, संघीय संविधान, मानवअधिकारको पुनर्स्थापना र दीर्घकालीन राजनीतिक स्थायित्व तर्फको यात्राको आधार तयार गर्‍यो।

तर १९ वर्षपछि पनि परिवर्तनका धेरै लक्ष्यहरू अधुरा रहेको बताए। उनले थपेका छन्, ‘भ्रष्टाचार मौलायो, सुशासन झन् झन् टाढा हुँदै गयो, सामाजिक न्याय हुन सकेन, युवाले स्वदेशमा अवसर पाएनन्, देशको समृद्धिले गति लिन सकेन र द्वन्द्वपीडितले न्याय पाएका छैनन्। पुराना राजनीतिक दलका नेतृत्वहरू झन् झन् असक्षम हुँदै छन्, व्यक्तिगत स्वार्थ सिद्धिको निम्ति सिंगो देशलाई द्रुतगतिले पतनको बाटोमा लैजानु आजको प्रमुख चुनौती हो ।’

जनताले पटक पटक मौका दिँदा पनि झन् झन् गल्ती गर्ने दलबाट फेरि पनि आशा गर्नु आफ्नै मूर्खता हुने बताए।

उनले भनेका छन्, ‘अब पुराना दल भित्रका परिवर्तन चाहने नेता, कार्यकर्ता, समर्थक र २०८२ को नवयुवा (जेनजी) विद्रोहका पक्षधरहरूले नयाँ राजनीतिक संकल्प सहित एकताबद्ध हुन आवश्यक छ। समस्या जति गहिरो भए पनि संवाद, सहमति र लोकतान्त्रिक प्रक्रियाले नै स्थायी समाधान दिन्छ। यस १९ वर्षले हामीलाई सिकाएको मूल कुरा यही हो ।’

जनयुद्ध र संयुक्त जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्ने र शान्ति प्रक्रिया समेतका बाँकी कार्यभार पूरा गर्ने दृढ संकल्प सहित एकताबद्ध हुन आग्रह गरेका छन्।