२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भक्तपुर अस्पताल उत्कृष्ट घोषणा

अ+ अ-

काठमाडौँ । भक्तपुर अस्पताल यस वर्ष पनि बागमती प्रदेशभित्रका अस्पतालमध्ये प्रदेशकै उत्कृष्ट अस्पताल घोषणा भएको छ ।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका अस्पताल, जनस्वास्थ्य कार्यालय र आयुर्वेदिक अस्पतालको आयुर्वेद तथा वैकल्पिक चिकित्साको मूल्यांकन गरी उत्कृष्ट घोषणा गरेको हो ।

प्रदेश मातहत रहेका प्रादेशिक अस्पतालमध्ये सबैभन्दा बढी अंक ल्याउँदै भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट अस्पताल घोषित भएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले जानकारी दिइन् । 

अस्पतालले प्रदान गर्ने सेवा सुविधा, कार्यसम्पादनका विभिन्न शीर्षकअन्तर्गत रहेका सूचकको मूल्यांकनमा कूल १०० अंकमध्ये भक्तपुर अस्पतालले ७१ दशमलव १० अंक प्राप्त गर्दै भक्तपुर अस्पताल उत्कृष्ट घोषित भएको जानकारी दिइन् । 

मन्त्रालयकी सचिव डा. गौतम यस अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट भएर पुगेपछि रिफरल सेन्टरका रूपमा रहेको भक्तपुर अस्पताललाई नमुनाका रूपमा सेवा विस्तार गर्दै प्रदेशको उत्कृष्ट अस्पताल बनाउन सफल भएकी थिइन् । 

भक्तपुर अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र भट्टले यस वर्ष पनि प्रदेशभित्रको अस्पतालमध्ये भक्तपुर अस्पताल उत्कृष्ट भएको बताउँदै केन्द्रीय मूल्यांकनमा पनि पुन:उत्कृष्ट हुने गरी कार्यसम्पादन गरिरहेको बताए ।  

एक सय अंकमध्ये ७० दशमलव ७२ प्राप्त गरी त्रिशूली अस्पताल प्रदेशमा दोस्रो हुन सफल भएको छ भने चौतारा अस्पताल तेस्रो भएको छ । 

त्यसैगरी, बागमती प्रदेश सरकार मातहत रहेका जनस्वास्थ्य कार्यालयमध्ये सबैभन्दा बढी अंक ल्याउँदै जनस्वास्थ्य कार्यालय ललितपुर प्रदेशकै उत्कृष्ट जिल्ला घोषित भएको छ । 

जनस्वास्थ्य कार्यालय धादिङ ७० दशमलव ८६ अंक प्राप्त गरी दोस्रो भएको छ भने जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले ७० दशमलव ६४ अंक प्राप्त गरी तेस्रो भएको उनले जानकारी दिए । 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयतर्फ सिन्धुली जिल्ला ७२ दशमलव ६० अंक प्राप्त गरी उत्कृष्ट भएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोटले ७० दशमलव १० अंक प्राप्त गरी दोस्रो र चितवन जिल्ला तेस्रो भएको छ । 

प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटै जिल्लाका अस्पताल जनस्वास्थ्य कार्यालय र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको सेवा विस्तार, दक्ष जनशक्ति व्यवस्थापन, उपकरण थप गर्दै गुणस्तरीय सेवा प्रवाहमा जोड दिँदै अगाडि बढेको बताए । 

कुनै पनि स्वास्थ्य नराखी मन्त्रालयको नीति र निर्देशनअनुसार काम गर्न निर्देशन दिँदै उनले कतैबाट पनि गुनासो नआउने गरी काम गर्नुपर्ने बताए ।