२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

करार कर्मचारी हटाउन नसकिएको पालिका प्रमुखको गुनासो

अ+ अ-

काठमाडौँ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहसँग बझाङका स्थानीय तहका प्रमुखहरूले करार कर्मचारी हटाउन नसकिएको गुनासो राखेका छन्।

भेटघाट तथा योजना अनुगमनका क्रममा बझाङ पुगेका मुख्यमन्त्री शाहसँग उनीहरूले करार कर्मचारी हटाउँदा सेवा-प्रवाहमै असर पर्ने बताएका हुन्।

मष्टा गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर बोहराले करार कर्मचारी हटाउनुपर्ने बाध्यताले सेवा–प्रवाह जोखिममा पर्ने बताएका छन्। उनले भने, ‘करार कर्मचारी हटाउँदा भौतिक संरचना जीर्ण हुन्छ, सेवा प्रभावित हुन्छ। त्यसैले निरन्तरता दिनु नै विकल्प देखिन्छ।’

थलारा गाउँपालिकाका अध्यक्ष प्रकाश रोकायाले विशेष गरी स्वास्थ्य क्षेत्रमा करार दरबन्दी धेरै भएकाले कर्मचारी हटाए जनस्तरमै प्रत्यक्ष असर पर्ने बताए।

उनले भने, ‘स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा करार कर्मचारी हटाएर कसरी सेवा चल्छ ? यदि हटाउनै हो भने आवश्यक दरबन्दीका कर्मचारी पठाइदिनुहोस्।’

जय पृथ्वी नगरपालिका प्रमुख चेतराज बजालले करार कर्मचारी स्थानीय आवश्यकता र चुनौतीका आधारमा राखिएको उल्लेख गर्दै हटाए तत्कालै संकट उत्पन्न हुने दाबी गरे।

उनका अनुसार, ‘चैनपुर बजारको फोहोर व्यवस्थापन करार कर्मचारीले नै सम्हालिरहेका छन्। उनीहरू हटे फोहोर उठ्नै छाड्छ, समस्या बढ्छ, जनता आक्रोशित हुन्छन्।’

बजालले आवश्यकताअनुसार दरबन्दी समायोजन गर्न स्थानीय तहलाई अधिकार दिन ऐन संशोधन गर्नुपर्नेमा जोड दिए।

गुनासाहरू सुन्दै मुख्यमन्त्री शाहले कर्मचारी व्यवस्थापन ऐन कार्यान्वयनमा ढिलाइ भएकाकै कारण यस्तो स्थिति आएको बताए। उनले अर्को वर्षभित्र आवश्यक दरबन्दीका कर्मचारीको पदपूर्ति पूरा हुने विश्वास दिलाएका छन्।