२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिहारका मुख्यमन्त्री नितिशकुमारले लिए शपथ

अ+ अ-

काठमाडौँ । भारतको बिहारको मुख्यमन्त्री नितिशकुमारले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहारमा नितिशकुमार १०औँ पटक मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

जनता दल युनाईटेड (जेडीयू) र भारतीय जनता पार्टी (भाजपा) सम्मिलित राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले बुधबार नितिश संसदीय दलको नेता चुन्दै मुख्यमन्त्री बनाउने सर्वसम्मत निर्णय गरेको थियो ।

हिजो नै राज्यपाल (प्रदेश प्रमुख) समक्ष सरकार गठनको दाबी पेश गरेका नितिशले बिहीबार दिउँसो पटनाको ऐतिहासिक गान्धी मैदानमा शपथ लिएका हुन् ।

मुख्यमन्त्री नितिशसँगै भाजपाका सम्राट चौधरीले उपमुख्यमन्त्री पदको शपथ लिएका छन् ।

शपथ समारोहमा प्रधानमन्त्री नरेद्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह, एनडीए गठबन्धनका नेताहरू र विभिन्न प्रदेशका मुख्यमन्त्रीहरूको उपस्थिति थियो ।

राज्यपाल आरिफ मोहम्मद खानले गठबन्धनका विजय सिन्हासहित २४ जना मन्त्रीहरूलाई पनि शपथ गराएका छन् ।

बिहारमा हालै भएको विधानसभा निर्वाचनमा एनडीए गठबन्धनले २४३ सिटमध्ये २०२ सिट जित्दै बहुमत हासिल गरेको छ । गटठबन्धनको भाजपाले बिहार मन्त्रिमण्डलमा १४, जेडीयूले ८ र चिराग पासवानको लोकजनशक्तिले २ वटा मन्त्रालय पाएको छ ।

बिहारमा गत ६ नोभेम्बरमा पहिलो र ११ नोभेम्बरमा दोस्रो चरणको विधानसभा निर्वाचन भएको थियो । १४ नोभेम्बरमा घोषणा गरिएको मतपरिणाम एनडीए गठबन्धनको भाजपा ८९ सिट जित्दै राज्यको सबभन्दा ठूलो दल बनेको छ ।

एनडीए गठबन्धनमै रहेको नितिशकुमारको जेडीयूले ८५ सिट जित्यो । सोही गठबन्धको चिराग पासवानको लोक जनशक्ति (राम विलास)ले १९ सिट जित्दै चौंथो दल बनेको छ ।

जितन राम माझीको हिन्दुस्तानी अवम मोर्चाले पाँच सिट जित्दा उपेन्द्र कुशवाहाको आरएलएमले चार सिट जितेको छ ।

कंग्रेस आई र राष्ट्रिय जनता दल (आरजेडी) लगायत सम्मिलित महागठबन्धनले भने ३५ सिटमा मात्रै जित हासिल गर्‍यो ।