२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अपांगता भएका व्यक्तिलाई घरमै नागरिकता

अ+ अ-

गोरखा । गोरखामा अपांगता भएका एक व्यक्तिलाई घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालयले आज गोरखा नगरपालिका-३ घलाङका २८ वर्षीय सन्तोष श्रेष्ठलाई सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले घरमै पुगेर नागरिकता प्रदान गरेका हुन् ।

श्रेष्ठ जन्मजात सामान्य हिँडडुलसमेत गर्न नसक्ने, बोल्न नसक्ने अवस्था रहेकाले घरमै पुगेर नागरिकता उपलब्ध गराइएको सहायक प्रजिअ बरालले जानकारी दिए । “नागरिकता प्रदान गर्न आवश्यक सबै कागजात पूरा गरेर श्रेष्ठलाई घरमै नागरिकता उपलब्ध गराइएको हो”, उनले भने ।

नागरिकता प्रदान गर्न गोरखा नगरपालिका वडा नं ३ का वडाध्यक्ष चुलबहादुर कुँवर, जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत चुडानिधि तिवारीसहितको टोली श्रेष्ठको घरमा पुगेका थिए । नागरिकता प्राप्त भएसँगै उनले अबदेखि सामाजिक सुरक्षा भत्ता, अन्य सरकारी सेवा सुविधा सहजै लिन पाउने सहायक प्रजिअ बरालले बताए। घरमै प्रशासनले आएर नागरिकता उपलब्ध गराएपछि श्रेष्ठको परिवार खुसी भएका थिए ।