काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । ललितपुरको धोबिघाटमा केही बेरदेखि बैठक सुरु भएको हो ।
केन्द्रीय समिति बैठकमा महाधिवेशनबारे बहस भएका थिए । एक थरीले तत्कालै विशेष महाधिवेशनको माग गरिरहेका छन् भने एकथरी नियमित महाधिवेशनको पक्षमा छन् । सोही विषयमा थप छलफलका लागि केन्द्रीय कार्यसमिति सदस्यहरू आज जुटेका हुन् ।







