२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ज्ञानेन्द्र कार्कीले भने : ‘देउवा दम्पतीमाथिको आक्रमण समग्र लोकतन्त्रमाथिको आक्रमण हो’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले सभापति शेरबहादुर देउवा र नेतृ डा. आरजु राणा देउवामाथिको आक्रमण समग्र लोकतन्त्र, सभ्य समाज र पार्टीमाथिको प्रत्यक्ष आक्रमण भएको बताएका छन् ।

काँग्रेस केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकमा धारणा राख्ने क्रममा उनले जेन जेड आन्दोलनका क्रममा भएको देउवा दम्पत्तमाथिको सांघातिक आक्रमण लोकतन्त्र, सभ्य समाज र पार्टीमाथिको प्रत्यक्ष आक्रमण भएको बताएका हुन् ।

‘उहाँहरू माथि भएको आक्रमण उहाँहरू माथि मात्र नभएर समग्र लोकतन्त्र, सभ्य समाज र नेपाली काँग्रेसमाथिको प्रत्यक्ष आक्रमण भएकोले दोषीहरूमाथि कडा कानुनी कारबाहीका लागि म जोडदार माग गर्दछु,’ नेता कार्कीले भने ।

शीतल निवास, सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, प्रहरी कार्यालयहरू विभिन्न राजनीतिक दलका कार्यालयहरू नेताहरूका निजी निवास, डेरा व्यावसायिक प्रतिष्ठान, कोइराला निवास, चाक्सीबारी, किशुनजीको आश्रमलगायत देशभर भएको तोडफोड, लुटपाट र आगजनीका घटनालाई उनले अत्यन्तै अकल्पनीय घटनाका रूपमा व्याख्या गरेका छन् ।

‘यो विध्वंसकारी र अकल्पनीय घटना स्वस्फूर्त रूपमा भएको थिएन । यो घटना सुनियोजित र योजनाबद्ध थियो भन्ने कुरा म राख्न चाहन्छु,’ नेता कार्कीले भने, ‘अहिले जुन किसिमको दण्डहीनताले प्रश्रय पाइरहेको छ । यो दण्डहीनताले प्रश्रय पाइरह्यो भने, हामीले दण्डाहीनता अन्त्य गर्न सकेनौँ भने राज्य अकल्पनीय अस्थिरतातर्फ जाने कुरा म यहाँ राख्न चाहन्छु ।’

उनले जेन जेड आन्दोलनका क्रममा जीवन गुमाएका जेन जेड युवा र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा संवेदना प्रकट गरे । कार्कीले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उचित व्यवस्थापनका लागि तत्काल कदम चाल्न सरकारसँग माग गरेका छन् ।