२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेकपामा समाहित हुँदै, वरीयता पनि तोकियो

अ+ अ-

काठमाडौँ। नेकपा एमालेबाट निष्कासनमा परेपछि बेग्लै राजनीतिक अभियान चलाइरहेका पूर्वउपप्रधानमन्त्री डा. भीम रावल प्रचण्ड-माधव नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने निश्चित भएको छ ।

विभिन्न तहका नेताहरूसँगको चरणबद्ध छलफलपछि भीम रावलको मातृभूमि जागरण अभियान नेपाली कम्युनिस्ट पार्टीसँग समाहित हुने भएको नेकपाका युवा नेता सुदेश पराजुलीले पुष्टि गरे । उनीसहितका युवा नेताहरू मोहन गौतम, जीवन राईलगायतले पनि रावलसँग भेट गरेका थिए ।

रावलको मातृभूमि जागरण अभियान र नेकपाबीच यसै साता एक औपचारिक कार्यक्रम गरेर एकता हुने भएको छ । रावल पक्षबाट केही नेताले केन्द्रीय कमिटीलगायतका विभिन्न तहमा जिम्मेवारी पाउने पनि सहमति भएको छ ।

रावलको पक्षबाट केन्द्रीय कमिटी, राजनीतिक समितिलगायतका संरचनामा सुदूरपश्चिमका पूर्वमन्त्री कृष्णराज सुवेदी, पूर्व प्रदेश सभा सदस्य हर्क कुँवर,अछामका प्रकाश शाह, दूधकला विष्टलगायत एक दर्जन बढीको नाम सिफारिस गरिँदै छ ।

नेता रावललाई नेकपाको हाइ कमाण्ड अर्थात् केन्द्रीय कार्यालयमा राखिने भएको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठपछिको वरीयतामा भीम रावललाई राखिने अनौपचारिक सहमति भएको नेताहरूले बताएका छन् ।

नेकपामा प्रधानमन्त्री भएका तीन जना नेता छन् भने उपप्रधानमन्त्री भएका वामदेव, नारायणकाजी र कृष्णबहादुर महरा छन् । महरा हाल थुनामा रहेका छन् ।

काठमाडौँ। नेकपा एमालेबाट निष्कासनमा परेपछि बेग्लै राजनीतिक अभियान चलाइरहेका पूर्वउपप्रधानमन्त्री डा. भीम रावल प्रचण्ड(माधव नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने निश्चित भएको छ ।