२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीको दाबी : ‘जेनजी आन्दोलनका नाममा देशलाई अस्थिरताको बाटोमा धकेल्ने प्रयास भयो’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन जेड आन्दोलनका नाममा देशलाई अस्थिरताको बाटोमा धकेल्ने प्रयास भएको बताएका छन्।  

आइतबार काठमाडौँमा राष्ट्रिय युवा संघ नेपालको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले जेन जेड आन्दोलनका नाममा असंवैधानिक तवरले सरकार गठनका साथै प्रतिनिधि सभा विघटन गरेर देशलाई अस्थिरताको बाटोमा धकेल्ने प्रयास भएको बताएका हुन्।  

ओलीले देश जलाउनेहरू नै अहिले देश चलाउन भनेर आएको जिकिर गरे। अहिलेको परिस्थिति राष्ट्रको लागि अनिष्ठ परिस्थिति भएको भन्दै उनले यो परिस्थितिलाई लामो समय जान दिनु नहुने धारणा राखे। अहिले विभिन्न प्रकारका आपराधिक तत्त्वबाट जनता अतंकीत भएकाले उनीहरूलाई सुरक्षाको प्रत्याभूति दिने जिम्मा युवाको काँधमा आएको ओलीले बताए।

अध्यक्ष ओलीले जेन जेड आन्दोलनका क्रममा अपराधमा संलग्न व्यक्तिहरूको पहिचान भए पनि उनीहरूलाई कारवाही नगरिएको बताए। अपराधमा संलग्नलाई प्रहरीले सप्रमाण गिरफ्तार गर्दा समेत सरकारले छाड्ने आदेश दिएको उनको भनाइ छ। उनले एमाले तोडफोड र आगो लगाउन सडकमा जाने नभई देशमा शान्ति, संविधान र लोकतन्त्र चाहियो भनेर सडकमा जाने स्पष्ट पारे। एमालेले अब आन्दोलनका लागि प्रशासनसँग कुनै अनुमति नलिने उनले बताए।   

उनले शान्तिपूर्ण आन्दोलन संवैधानिक अधिकार भएको बताउँदै संविधानको अधिकारलाई सिडिओको आदेशले नकाट्ने बताए। लोकतन्त्र फर्काइ छाड्ने प्रतिबद्धताका साथ एमाले सडकमा उत्रिने उनको भनाइ छ।