२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विज्ञान प्रदर्शनी प्रतियोगितामा डडेल्धुराको महेन्द्र मावि प्रथम

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेशस्तरीय विज्ञान प्रदर्शनी प्रतियोगितामा डडेल्धुराको महेन्द्र माध्यमिक विद्यालय प्रथम भएको छ । विद्यालयले भौतिक, रासायनिक र जीव विज्ञानसँग सम्बन्धित विभिन्न प्रयोगात्मक नमूना प्रदर्शनी प्रस्तुत गर्दै शीर्षस्थान हात पारेको हो ।

शुक्रबार डडेल्धुरास्थित महेन्द्र माध्यमिक विद्यालयमा आयोजित प्रदर्शनीमा सुदूरपश्चिमका सात जिल्लाका नौ विद्यालयको सहभागिता थियो भने डोटी र अछामका विद्यालय भने अनुपस्थित रहेका थिए ।

स्थानीय तहबाट छनोट हुँदै प्रदेशस्तरसम्म पुगेका विद्यालयबीचको प्रतिस्पर्धामा निर्णायकमण्डलले स्थानीय सामग्रीको उपयोग, आर्थिक व्ययभार, प्रस्तुतीकरण र प्रभावकारिताका आधारमा मूल्यांकन गरेको थियो ।

महेन्द्र माविले सात जिल्लाका अन्य विद्यालयलाई पछि पार्दै प्रथम स्थान हासिल गर्दै रु. २० हजार नगद पुरस्कार प्राप्त गरेको छ । दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालय अत्तरियाले द्वितीय हुँदै रु. १५ हजार प्राप्त गरेको छ । 

यस्तै महेन्द्रनगर माध्यमिक विद्यालय कञ्चनपुर तृतीय भई रु. १० हजार प्राप्त गरेको छ भने भानोदय माध्यमिक विद्यालय बाजुराले सान्त्वना पुरस्कार स्वरूप रु. पाँच हजार प्राप्त गरेको छ । 

विज्ञान विषयतर्फ विद्यार्थीको आकर्षण बढाउनका लागि विज्ञान प्रदर्शनी आयोजना गरिएको महेन्द्र माविका प्रधानाध्यापक सुरेन्द्रसिंह ऐरले बताए । पछिल्लो समय विज्ञान विषय पढ्ने विद्यार्थीको सङ्ख्या घट्दै गइरहेको उल्लेख गर्दै उनले विषय शिक्षक पाउन पनि मुस्किल भइरहेको बताए ।

कार्यक्रमले सुदूरपश्चिमका विद्यार्थीहरूमा विज्ञानप्रतिको रुचि र प्रयोगात्मक अध्ययनप्रतिको उत्साह बढाउने अपेक्षा गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक क्षेत्रीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशी रहेका थिए।