२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शाखा अधिकृत पदका लागि माग आकृति फाराम पठाउन मन्त्रालयको पुनः ताकेता

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृत पदका लागि माग आकृति फाराम भरेर पठाउन पुनः ताकेता गरेको छ ।

निजामती सेवामा रिक्त हुने शाखा अधिकृत पदका माग आकृति फाराम विभिन्न मन्त्रालय तथा कार्यालयहरूले समयमै नपठाएकाले मन्त्रालयले आजसम्मको समयसीमा तोकी ताकेता गरेको हो ।

मन्त्रालयले यसअघि आर्थिक वर्ष २०८२/८३ मा रिक्त हुने पदहरूको माग आकृति फाराम पठाउन कार्तिक ९ गते परिपत्र जारी गरेको थियो । सो परिपत्रमार्फत सात दिनको समय दिँदै विभिन्न सेवा, समूह र उपसमूह सञ्चालन गर्ने मन्त्रालयहरू, महालेखापरीक्षक तथा महालेखा नियन्त्रक कार्यालयलाई लोक सेवा आयोगको स्वीकृत वार्षिक कार्यतालिका अनुसार चालु आर्थिक वर्षमा रिक्त हुने शाखा अधिकृत पदहरूको माग आकृति फाराम पठाउन निर्देशन दिएको थियो । तर, तोकिएको समयमा सम्बन्धित निकायहरूबाट माग आकृति फाराम नआएकाले मन्त्रालयले पुनः ताकेता गरेको हो ।

मन्त्रालयले यसअघि १६ कार्तिकसम्म प्राविधिक र अप्राविधिक दुवैतर्फका पदहरूको माग आकृति फाराम तोकिएको ढाँचामा भरेर पठाउन समयसीमा निर्धारण गरेको थियो । तर, पुनः ताकेता गर्दै मन्त्रालयले प्राविधिक शाखा अधिकृत पदका लागि आजसम्म र अप्राविधिक पदका लागि मंसिर ५ गतेभित्र माग आकृति फाराम पठाउन आग्रह गरेको छ ।

मन्त्रालयले तोकिएको मितिभित्र माग आकृति फाराम नआएमा ती विवरण लोक सेवा आयोगमा पठाउन नसकिने स्पष्ट पारेको छ ।