काठमाडौँ । लोक सेवा आयोगले सिनियर अपरेटर पदको लिखित परीक्षामा कुनै उम्मेदवार उत्तीर्ण नभएको जनाएको छ ।
आयोगको पोखरा कार्यालयले सञ्चालन गरेको विज्ञापन नं १२९५३/०८१-८२ (खुला), इञ्जि. सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं. प्रथम श्रेणी, सिनियर अपरेटर पदको लिखित परीक्षा परिणाम प्रकाशित गर्दै उम्मेदवार उत्तीर्ण नभएको जनाएको हो । सिनियर अपरेटर पदका लागि माग पद संख्या १ थियो भने परीक्षामा ५ जना परीक्षार्थी सहभागी थिए ।








