२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रालयको कमजोरीका कारण मेलम्ची खानेपानी विकास समितिको कार्यालयमा लाग्यो ताला

अ+ अ-

काठमाडौँ । खानेपानी मन्त्रालयको कमजोरीका कारण मेलम्ची खानेपानी विकास समितिको कार्यालयमा ताला लगाइएको छ। सामाजिक उत्थान कार्यक्रम समितिले गठन आदेश संशोधनको माग राख्दै सोमबार कार्यालयमा ताला लगाएको हो।

एक अधिकारीका अनुसार मन्त्रालयले समयमै पहल नगरेका कारण यस्तो अवस्था आएको हो। उनका अनुसार आर्थिक वर्ष २०७९/८० मा सरकारले मेलम्ची खानेपानी विकास समिति खारेज गर्ने निर्णय गरेपछि गठन आदेशमा संशोधन भएको थियो। उक्त संशोधनका क्रममा स्थानीय प्रभावित क्षेत्रमा सञ्चालन हुने कार्यक्रमको मोडालिटी परिवर्तन गरिएको थियो।

पहिले आयोजनाले स्थानीय सरोकार समितिसँग सोझै सम्झौता गरेर कार्यक्रम सञ्चालन गर्ने गरेको थियो। तर नयाँ मोडालिटीअनुसार सामाजिक उत्थान कार्यक्रमका लागि विनियोजित बजेट सम्बन्धित पालिकामा पठाइने र त्यसपछि पालिकाले सरोकार समितिसँग सम्झौता गर्ने व्यवस्था गरिएको थियो। यही विषयमा पालिका र स्थानीय सरोकार समितीबीच सहमति नबन्ने क्रममै बजेट अड्किएपछि समिति आक्रोशित बनेका हुन् ।

स्रोतका अनुसार २०७७ सालदेखि मेलम्ची खानेपानी आयोजनाबाट उपत्यकामा पानी पठाइएको भए पनि मेलम्चीका स्थानीयले पाउनुपर्ने लागत र सहुलियत अझै नपाएको कारणले पनि असन्तुष्टि चुलिएको हो। सामाजिक उत्थान कार्यक्रम समितिका सदस्यहरूले खानेपानी मन्त्रालयले आवश्यक पहल नगरेको र अर्थ मन्त्रालयले बजेट पठाउने विषयमा समेत ढिलासुस्ती गरेको आरोप लगाएका छन्।