२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकाका हर्मित सिंहले दोस्रो सिजन पनि सुदूरपश्चिमबाट एनपिएल खेल्ने

अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम रोयल्सले अमेरिकाका बलिङ अलराउण्डर हर्मीत सिंहलाई आगामी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि तेस्रो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको छ।

यससँगै हर्मीतले लगातार दोस्रो सिजन पनि सुदूरपश्चिमबाट खेल्ने भएका छन्। गत सिजन उनले ५ खेलमा ८ विकेट लिएका थिए ।

उनी पहिलो सिजनको एनपीएलमा सबैभन्दा कम इकोनोमीमा बलिङ गर्ने खेलाडी हुन् ।

आफ्नो अनुबन्धमा खुशी व्यक्त गर्दै हर्मीतले भने, ‘म नेपाल प्रिमियर लिगमा फेरि एक पटक फर्किँदै छु। गत सिजनको अधुरो कामलाई यसपटक पूरा गर्नु छ। समर्थकहरूसँग छिट्टै भेट हुनेछ।’

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० प्रकाश खड्काले हर्मीतको आगमनले टिम झनै बलियो बन्ने विश्वास व्यक्त गरे।

३२ वर्षीय हर्मीत बाँयाहाते बलर हुन् र बाँयाहाते ब्याटिङ पनि गर्छन् । उनले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा २५ खेलमा २४ विकेट लिएका छन् भने ब्याटिङमा २३५ रन बनाएका छन् । अमेरिकाका लागि उनले २१ एक दिवसीय खेलमा ३१ विकेट लिएका छन् भने ३२५ रन बनाएका छन्।

हर्मीत सन् २०१२ को यू-१९ विश्वकप विजेता भारतीय टोलीका सदस्य थिए। उनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सका लागि समेत खेलेका छन् ।

सदूरपश्चिम रोयल्सको टोलीमा दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन र हर्मीत सिंह तथा मुख्य प्रशिक्षकमा जगत टमटा रहेका छन् ।