२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छिमेकी मुलुक र राजनीतिक दलमाथि मेयर बालेनको अशोभनीय टिप्पणी : ‘तिमीहरू मिलेर पनि केही गर्न सक्दैनौ’

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमार्फत भारत, चीन, अमेरिका लगायतका छिमेकी मुलुक र नेपाली राजनीतिक दलहरूविरुद्ध आपत्तिजनक र अशोभनीय अभिव्यक्ति दिएका छन्।

शनिबार मध्यरातमा फेसबुकमा गरिएको स्ट्याटसमा उनले आपत्तिजनक शब्दसहित अमेरिकादेखि छिमेकी मुलुकहरूमाथि तीव्र असन्तुष्टि व्यक्त गरेका थिए। यस्तै उनले प्रमुख राजनीतिक दलहरू-नेपाली काँग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई समेत लक्षित गर्दै अपशब्द प्रयोग गरेका छन्।

उनले स्ट्याटसको अन्त्यमा उनले लेखेका छन्- ‘तिमीहरू सबै मिलेर पनि केही गर्न सक्दैनौ।’

सामाजिक सञ्जालमा उक्त पोस्ट सार्वजनिक भएपछि चर्को आलोचना सुरु भएको थियो। बढ्दो विवादपछि मेयर बालेनले केही घण्टामै उक्त स्ट्याटस डिलिट गरेका छन्।

बालेनको उक्त अभिव्यक्तिपछि राजनीतिक वृत्त, कूटनीतिक समुदाय र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूबीच तीव्र प्रतिक्रिया व्यक्त भएको छ। धेरैले उनलाई सार्वजनिक पदमा बसेर अशोभनीय भाषा शैली प्रयोग गरेको भन्दै आक्रोश प्रकट गरेका छन्।

यसअघि पनि मेयर बालेन सामाजिक सञ्जालमा लेखिएका उनका अभिव्यक्तिका कारण विवादमा परिरहेका छन्। सिंहदरवारमा आगो लगाइदिने अभिव्यक्तिदेखि लिएर जेन जेड आन्दोलनमा उक्साउनेजस्ता स्ट्याटसहरूले उनी बारम्बार विवादको केन्द्रमा परेका छन्।

बालेन शाहलाई काठमाडौँ महानगरपालिकाका प्रमुखका रूपमा मात्रै होइन, सामाजिक सञ्जालमा प्रत्यक्ष प्रतिक्रिया दिने नेताका रूपमा पनि चिनिन्छ। उनका पोस्टहरू प्राय: केही समयमै भाइरल हुने गर्छन्, तर त्यसका कारण धेरैजसो समयमा उनी आलोचनाको दायरामा पनि पर्ने गरेका छन्।