काठमाडौँ । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोग समितिको सचिवालय बैठक सुरु भएको छ । शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक सुरु भएको हो ।
बैठकमा एकीकृत समाजवादीसँगको एकताबारे छलफल चल्दै छ । नेकपा एकीकृत समाजवादीले शुक्रवार मात्रै नेकपा माओवादी केन्द्रसहित समाजवादी मोर्चामा रहेका दलहरूसँग एकता गर्ने निर्णय गरेको छ । लगत्तै माओवादीको सचिवालय बैठक बसेको हो ।
सचिवालय बैठकमा महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरू छन् ।







