२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिविद्वारा शैक्षिक क्यालेण्डर सार्वजनिक

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि सुरु हुने शैक्षिक सत्रका लागि ‘शैक्षिक क्यालेण्डर’ सार्वजनिक गरेको छ । त्रिविले यसै शैक्षिक सत्रका लागि स्नातक तह वार्षिक परीक्षा र सेमेष्टर प्रणाली तथा स्नातकोत्तर तह सेमेष्टर प्रणालीको ‘शैक्षिक क्यालेण्डर’ मंगलवार सार्वजनिक गरेको हो ।

त्रिविका शिक्षाध्यक्ष प्रा. डा. खड्ग केसीले त्रिविको प्राज्ञिक परिषदबाट निर्णय गरेर नै ‘शैक्षिक क्यालेण्डर’ सार्वजनिक गरिएको जानकारी दिए । उनले समयमा नै कक्षा सञ्चालन, परीक्षा र परीक्षाफल प्रकाशन गर्नका लागि ‘शैक्षिक क्यालेण्डर’ सार्वजनिक गरिएको बताए । उनले त्रिविका ६४ आंगिकसहित सम्बन्धनप्राप्त क्याम्पस र ४४ केन्द्रीय निकायलाई ‘शैक्षिक क्यालेण्डर’अनुसार कक्षा सञ्चालन, परीक्षा र परीक्षाफल प्रकाशन गर्न निर्देशनसमेत दिइसकेको जानकारी दिए ।

त्रिविले स्नातक तहको चार वर्षे वार्षिक कार्यक्रम र आठ सेमेष्टर प्रणाली तथा स्नातकोत्तर तहका चार वटा सेमेष्टर प्रणालीको ‘शैक्षिक क्यालेण्डर’ सार्वजनिक गरेको हो । ‘शैक्षिक क्यालेण्डर’अनुसार स्नातक तह सेमेष्टर प्रणालीको भर्ना परीक्षा फारम यही कात्तिकसम्म, प्रवेश परीक्षा, भर्ना र कक्षा सञ्चालन मङ्सिरलाई तोकिएको छ ।

स्नातक तहतर्फ आठ वटा सेमेष्टर भएकाले निर्धारित सममा भर्ना, कक्षा सञ्चालन, परीक्षा र परीक्षाफल प्रकाशित गर्ने कार्यतालिका शैक्षिक क्यालेण्डरमा रहेको छ । प्रथम सेमेष्टरको परीक्षा यही २०८२ चैतभित्र र परीक्षाफल २०८२ असारमा प्रकाशित गर्ने क्यालेण्डरमा उल्लेख गरिएको छ ।

यस्तै, स्नातक तहको आठ सेमेष्टर निर्धारित चार वर्षमा सक्ने गरी क्यालेण्डर बनाइएको छ । आठ सेमेष्टरको कक्षा सञ्चालन २०८६ माघमा, परीक्षा २०८७ जेठ र परीक्षाफल प्रकाशित २०८७ भदौमा गर्ने उल्लेख छ । यस्तै स्नातक तहको वार्षिक कक्षाका लागि साउनदेखि मङ्सिरसम्म भर्ना र मङ्सिरदेखि कक्षा सञ्चालन, २०८३ वैशाखमा परीक्षा फारम भर्ने, २०८३ साउनमा परीक्षा र २०८३ कात्तिकमा परीक्षाफल प्रकाशन गर्ने क्यालेण्डरमा उल्लेख गरिएको छ ।

यस्तै, वार्षिक कक्षाअन्तर्गत चार वर्षको अध्ययन २०८५ चैतमा सक्ने त्रिविको लक्ष्य रहेको छ । चौथौँ वर्षको कक्षा सञ्चालन २०८४ चैतमा सुरु, २०८५ को कात्तिकमा परीक्षा फारम भर्ने, सोही वर्षको पुसमा परीक्षा र चैतमा परीक्षाफल प्रकाशित गर्ने कार्यतालिका क्यालेण्डेरमा उल्लेख गरिएको छ । यस्तै त्रिविले स्नातकोत्तर तहको सेमेष्टर प्रणालीअन्तर्गतको यस शैक्षिक सत्रदेखि सञ्चालन हुने पढाइको पनि शैक्षिक क्यालेण्डर सार्वजनिक गरेको छ ।

क्यालेण्डरअनुसार २०८२ सालको शैक्षिक सत्रका लागि प्रथम सेमेष्टरको भर्नाका लागि फारम वितरण यही मङ्सिरमा, पुसमा प्रवेश परीक्षा, माघदेखि कक्षा सञ्चालन, परीक्षा जेठ र २०८३ भदौमा परीक्षाफल प्रकाशित गर्ने कार्यतालिका रहेको छ । यस्तै २०८२ सालमा भर्ना भएका विद्यार्थी २०८४ मङ्सिरमा पढाइ पूरा गर्नेछन् । शैक्षिक सत्रको चौथो सेमेष्टरको कक्षा सञ्चालन २०८४ वैशाख, परीक्षा भदौ र परीक्षाफल सोही वर्षको मङ्सिरमा हुनेछ ।