२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छठको मुख्य उपासना स्थलमा काठमाडौँ महानगरको सरसफाइ

अ+ अ-

काठमाडौँ । सूर्य उपासना, स्नान, व्रत र भजनसंगीतसँग जोडिएको नेपालीहरूको महान् पर्व छठ काठमाडौँमा श्रद्धा र भक्ति भावका साथ सम्पन्न भएको छ । पर्व सम्पन्न भएसँगै काठमाडौँ महानगरपालिकाले घाट, पोखरी, दह तथा नदी किनारहरूमा विशेष सरसफाइ कार्य तदारूकतासाथ सम्पन्न गरेको छ ।

यस वर्षका लागि काठमाडौँ महानगरभित्र कमलपोखरी (वडा १) गौरीघाट (वडा ७ र ८) बोक्सी दह (वडा १४), बागमती दोभान (वडा ३२), टंकेश्वर (वडा १३), बल्खु कुमारी क्लब अगाडि (वडा १४), कुलेश्वर भलिबल ग्राउन्ड (वडा १४), रामघाट (वडा २०) र बालाजु २२ धारा (वडा १६) गरी नौ वटा घाटलाई मुख्य उपासना स्थलका रूपमा तयारी गरिएको थियो । तिनै स्थानहरूमा स्वच्छता कायम गर्न महानगरले विशेष सरसफाइ गरेको छ ।

महानगरका सफाइ कर्मचारी र महानगर प्रहरी परिचालन गरी पोखरी, ताल र नदी किनारमा रहेका फोहर पूर्ण रूपमा हटाइएको छ ।

सूर्य उपासनाको यो पर्व भव्य र सुरक्षित वातावरणमा सम्पन्न गराउन महानगरले यसअघि नै व्यापक तयारी गरेको थियो । जनप्रतिनिधिको नेतृत्वमा स्थानीय संघसंस्था, क्लब र सरोकारवालासँग समन्वय गरी उपासना स्थलहरूमा सरसफाइ, उज्यालो, सुरक्षा र अन्य आवश्यक व्यवस्थाको तयारी गरिएको थियो ।

छठ पर्वलाई आस्था, समर्पण र पारिवारिक एकताको प्रतीकका रूपमा लिइन्छ । आमाको ममता, परिवारको समर्पण र सामाजिक उज्यालो संस्कारको पहिचान बोकेको यो पर्वले शान्ति, समृद्धि र सन्तान सुखको कामना गर्ने धार्मिक विश्वास स्थापित गरेको पाइन्छ ।

विगत वर्षहरूमा जस्तै यस वर्ष पनि महानगरले उपासनास्थल व्यवस्थापन, सजावट र सरसफाइलाई प्राथमिकतामा राख्दै कार्य सम्पन्न गरेको छ । महानगरको सक्रियताले भक्तजनहरूले स्वच्छ र सौन्दर्यपूर्ण वातावरणमा सूर्य उपासना सम्पन्न गरेका थिए ।