२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘रास्वपा र माओवादीका हुल्लडबाजबाट पार्टी कार्यालयमा क्षति भयो, पानीमुनि गए पनि छोड्दैनौँ’ : सूर्य थापा

अ+ अ-

काठमाडौँ। नेकपा (एमाले)का केन्द्रीय नेता सूर्य थापाले आफ्नो पार्टीका नेताका घर तथा कार्यालयहरू खोजी खोजी ध्वस्त बनाउने रास्वपा र माओवादीका हुल्लडबाज भएको आरोप लगाएका छन् ।

प्युठानको बिजुवारस्थित सहिद उमेशचन्द्र थापा स्मृति भवनमा भएको आगजनीपछिको अवस्थाको स्थलगत अवलोकनपछि उनले यसमा संलग्नहरूलाई पानीमुनि गए पनि छाड्न नसकिने जनाएका छन्। प्युठानको कार्यालयमा मात्रै उनले आगजनीबाट करिब ३२ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक मूल्यांकन गरिएको बताएका छन्।

थापाका अनुसार सो भवनमा योजनाबद्ध रूपमा आगो लगाइएको प्रमाणहरू भेटिएका छन्। उनले भने, ‘जेन्जीका नाममा विगतमा एमालेमै रहेका र अहिले ‘छ घाटको पानी खाएर अझै नयाँ हौँ’ भन्दै नाटक गरिरहेका रास्वपा तथा माओवादी केन्द्रसँग सम्बन्धित केही हुल्लडवाज, मतिका अवसरवादी र तिहुनचखुवा जमात यस घटनामा संलग्न देखिएका छन्।’

उनका अनुसार बाग्दुला र जुम्री क्षेत्रबाट उकासिएको समूहले एमालेको पार्टी कार्यालयतर्फ अगाडि बढेर अपराध गरेको र बिजुवार चौतारासम्म पुगेपछि रातो घरतर्फ पठाई लुसुक्क पछि हटेको तथ्य फेला परेको छ।

थापाले अपराधीहरूका तस्बिर, भिडियो क्लिप र अन्य प्रमाण सुरक्षित रहेको बताउँदै भने, ‘खुलेआम जो जसको खोल ओढेर हिँडिरहेका छन्, ती अपराधी नै हुन्। पानीमुनि गएर लुक्न खोजे पनि उनीहरूलाई उन्मुक्ति मिल्ने छैन र कुनै हालतमा माफी दिइने छैन। कानुनी कारबाही गरिछाड्ने निश्चित छ।’

नेता थापाले आगजनीलाई पार्टीविरुद्धको राजनीतिक आक्रमणका रूपमा व्याख्या गर्दै स्थानीय जनताको सहयोगमा भवन पुनर्निर्माण गर्ने तयारी भएको बताए। उनका अनुसार कात्तिक २ गते बसेको जिल्ला कमिटीको विस्तारित बैठकले पार्टी, पालिका र वडा कमिटीहरू तथा जनसङ्गठनहरूको सामूहिक बलबुँता र सहयोगमा कार्यालय पुनः निर्माण गर्ने निर्णय गरेको छ।

थापाले सबैलाई पुनर्निर्माण अभियानमा ऐक्यबद्ध हुन आग्रह गर्दै भने, ‘हामीले पार्टी कार्यालय पुनः निर्माणको योजना बनाइसकेका छौँ । यस कार्यलाई छिट्टै सम्पन्न गर्ने संकल्प गरेका छौँ।’ 

स्थानीय पार्टी कार्यकर्ताहरूले पनि घटनाको निन्दा गर्दै दोषी पहिचान गरी कानुनी कारबाहीको माग गरेका छन्। प्रहरीका अनुसार घटनाबारे अनुसन्धान जारी छ।